logo
  • शनिबार, असोज १० २०८३

सडक दुर्घटनामा कलाकार बिना थापाको निधन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, काठमाडौं पुष १२ ।
गायिका तथा मोडल बिना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । बुधबार दिउँसो राजधानीको बत्तीसपुतलीमा भएको सवारी दुर्घटनामा थापाको निधन भएको हो ।

राजधानीको अति नै व्यस्त सडक बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्यांकरले ठक्कर दिए लगतै थापालाई उपचारको लागि विर अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा नै उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बिना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केहि फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गर्दै आइरहेकी थिइन् ।

पछिल्लो समय थापा देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रममा व्यस्त रहदै आइरहेकी थिइन् । अलबिदा बिना थापा (हार्दिक श्रद्धा शुमन)

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend