logo
  • आइतबार, असोज ११ २०८३

अध्ययन टोलीको निष्कर्ष : प्रदेश न. ५ को राजधानी दाङ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

दाङ, पुष ७ ।
सरकारको अध्ययन टोलीले प्रदेश नम्बर ५ को राजधानी दाङमा स्थापना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ । क्षेत्रीय प्रशासक सुरेश प्रधान संयोजकत्वको प्रदेश राजधानी सम्भाव्य स्थानको पहिचान, अध्ययन तथा विश्लेषण समितिले यस्तो निष्कर्ष निकालेको हो । अध्ययन टोलीका सदस्यसचिव एवम् भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले भने, ‘राजधानीका लागि आवश्यक भौतिक संरचनाहरु प्रयाप्त र तयारी अवस्थामा रहेको पाइयो ।

भूगोल, सुरक्षा, हावापानी जस्ता सबै हिसाबले दाङ प्रदेश राजधानी बनाउन उपयुक्त रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाउँछौं ।’ अध्ययन प्रतिवेदन आजै प्रधानमन्त्रीको कार्यालयमा पठाउने तयारी गरिएको उनले जानकारी दिए ।

आयुर्वेद भवनमा संसद र सात मन्त्रालय प्रस्ताव

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको नवनिर्मित आयुर्वेद भवनमा प्रदेश सभाहल, सात वटा मन्त्रालय, सभामुख, उपसभामुखको कक्ष, मुख्य मन्त्रीको कक्ष र संसदीय दलको कार्यालय बनाउन उपयुक्त रहेको प्रतिवेदन तयार पारिएको छ । यस भवनमा १०८ वटा कोठाहरु छन् ।

त्यसैगरी, घोराहीमा जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय, कृषि विकास बैंकको आवास कक्षलाई मुख्यमन्त्रीको आवासका रुपमा प्रयोग गर्न सकिने अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

प्रदेश नं. ५ को प्रस्तावित संसद भवन । १०८ वटा कोठा रहेको यही भवनमा सभामुख, उपसभामुखको कार्यकक्ष, संसदीय दलको कार्यालय र सातवटा मन्त्रालय प्रस्ताव गरिएको छ ।

घोराहीका जिल्ला कृषि बिकास कार्यालय, सहकारी डिभिजन, जिल्ला हुलाक, घरेलु कार्यालय, शिक्षा कार्यालय, जिल्ला वन, जिल्ला प्राविधिक कार्यालयको भवनलाई मन्त्री र सचिवहरुको निवासकारुपमा प्रयोग गर्न सकिने गरी अध्ययन विश्लेषणसहितको प्रतिवेदन तयार पारिएको सदस्य सचिव पाण्डेले जानकारी दिए ।

प्रधान नेतृत्वको टोलीले दाङमा दुई दिनसम्म बसेर देउखुरी, सदरमुकाम घोराही र बेलझुण्डीमा निरीक्षण तथा अध्ययन अवलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend