logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मी कांग्रेसले सार्वजनिक गर्यो पराजय हुनुको मुख्य कारण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्रेम सुनार, गुल्मी पुष ७ ।
नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी बैठकले यसपालीको निर्वाचनमा काग्रेंसको पराजयको मुख्य कारण वामगठबन्धन भएपनि केन्द्रिय नेतृत्वमा रणनैतिक चतुर्यता नहुँनु र अभिव्यक्ति पनि गलत हुनु चुनावी पराजयको अर्को कारण भएको निष्कर्श निकालेको छ ।

शुक्रबार सदरमुकाम तम्घासको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी समिक्षा बैठकको विश्लेषण सार्वजानिक गर्दै यस्तो निष्कर्श वाहिर ल्याएको हो ।

काँग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले बैठकका निर्णयहरु सार्वजानि गर्दै भने– एकै चोटी दुई तहको निर्वाचन गराउन नहुने कुरामा नेतृत्वमा रणनैतिक चुतुर्यता पाईएन । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावताका दिएका अभिव्यक्ति पनि गलत भएको धारणा राखे ।

उनले भने –उहाँ जस्तो नेताले ७ चोटी प्रधानमन्त्री बन्छौ भनेर ज्यातिषले भने भन्ने कुरा भन्न नहुने , कम्युनिष्टहरुले जिते भने अधिनायकवाद ल्याउँछन र जनताहरु रुन समेत पाउने छैनन् जस्ता अभिव्यक्तिहरु पनि दिन नहुने पराजयको अर्को कारण हुन सक्ने बैठकको निष्कर्ष रहेको छ । ’

श्रेष्ठले थपे–‘वामगठबन्धनका कारण मनोवैज्ञानिक असर पर्यो।  हारको मुख्य कारण वामगठन्धन नै हो तर पनि आफुहरुको संगठन कम्जोर हुनु , स्थानिय निर्वाचनको पराजयले कार्यकर्तामा गिरेको मानसिकता हटाउन सकेनौं , त्यस्तै विपक्षीहरुले कांग्रेस विरुद्ध छरेका भ्रमहरु पनि चिर्न सकेनौ ।

अर्को कुरा कांग्रेस भित्र व्यक्तिवादी चिन्तन र आराजक प्रवृत्ति बढेको महुशुस समेत पराजयका यिनै कारणहरु रहेको पाईएको छ । तर उनले वामगठबन्धन संगै पार्टी भित्र स्थानिय निर्वाचन ताका सम्मको एक आपसको असन्तुष्टी अन्त्य भई पार्टी एक ढिक्का भएको ठोकुवा भने गरेका छन् ।

नेता श्रेष्ठले लोकतन्त्रमा जित हार स्वभाविक भएको र यसपाली जसले जिते हारे पनि लोकतन्त्र र गणतन्त्रको जित भएको धारण राखे । यसापालीको निर्वाचन गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन थियो । जुन कांग्रेसको नेतृत्वमा स्वन्त्र र निष्पक्ष ढंगले भएको छ।

यसैलाई हामीले जित ठानेका छौं नेता श्रेष्ठले भने–‘ पराजय देखिए पनि प्रत्यक्ष र समानुपतिक तर्फ कांग्रेसले सम्मानजनक मत पाएको छ । भोलीका दिनमा संगठन सुदृढ गर्दै अगाडी बढिने छ । निरास नहुन म कार्यकर्ता पक्तिलाई आग्रह गर्दछु ।

त्यस्तै पार्टी सचिव खिलध्वज पन्थीले भने–‘ जहाँ पनि दलित र जनजातीहरु ब्ढि मात्रमा कम्युनिष्ट पार्टीहरुमा अन्धोभक्त भएर लागेको पाईयो , उनिहरुको गरिवी जस्ताको त्यस्तै हुँदा पनि उनिहरु असचेत भए ।

उनिहरुलाई पनि बुझाउन नसक्नु कांग्रेस पराजयको एउटा कारण हुन हाम्रो विश्लेषण छ । कार्यक्रममा उप सचिव छन्दबहादुर पहराई, पुर्व सांसद रुद्रमणी शर्मा भण्डारी लगायतका नेताहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend