logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको सदरमुकाम तम्घासमा भुस्याहा कुकुरको बढ्यो बिगबिगि


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी पुस ७ ।
गुल्मीको सदरमुकाम तम्घासमा आजभोलि भुस्याहा कुकुरकोे विगविगि नै वढेको छ । सदरमुकाम तम्घासका बिभिन्न चोक चोकमा भुस्याहा कुकुरहरु ठुलो संख्यामा जम्मा हुँदा स्थानियलाई हिडडुल गर्न समेत समस्या पर्ने गरेको बताउँछन् । केहि दिन यता तम्घास बजारमा ठुलो संख्यामा भुस्याहा कुकुरहरु देखिएका छन् । वेवारिसे अबस्थामा रहेका कुकुरहरु सदरमुकाम तम्घासको जिल्ला प्रशासन कार्यालय नजिकै तथा जिल्ला अस्पताल नजिकै वरीपरि लगायतका बजारका बिभिन्न ठाउँमा देखिने गरेका छन् । बिहिवार अस्पताल नजिकै ठुलो संख्यामा कुकुरहरु देखेपछी साँझ स्कुलबाट फर्किदै गरेका ससाना वालवालिकाहरु अनेत्रबाट हिडने गरेका थिए ।

बालवालिकाहरु भन्थे कुकुरले बाटो छोडदैनन् धपाउन खोजे झम्टीन आउछन् । कतिपय मानिसहरु लठ्ठिले धपाउँदै हिँडने गरेका थिए । कुकुरहरु सड्कको बाटो नै छेक्ने गरि बस्ने गर्नाले स्थानियलाई आवतवाजत गर्न समेत कठिनाई भएको स्थानिय वासीको गुनासो रहेको छ । स्थानियले बेवारिसे अबस्थामा रहेका भुस्याहा कुकुरहरु अनेत्र हटाई दिन समेत आग्रह गरेका छन् ।

स्थानियले साना बिद्यार्थीलाई आवत जावत गर्नलाई समस्या भएकाले तत्कालै बेवारिसे भुस्याहा कुकुरहरुको ब्यावस्थापनमा ध्यान दिन आग्रह गरेका छन् । तिन वर्ष अघि सदरमुकाम तम्घासका बिभिन्न स्थानमा भुस्याहा कुकुरको आतंकले करिव दुई हत्ताको अवधिमा एक दर्जन वढी मानिसहरु घाईते भएका थिए ।

कुकुरको टोकाईवाट गम्भिर घाईतेलाई उपचारको लागी काठमाण्डौ सम्म पठाइएको थियो । तम्घासमा भुस्याहा कुकुरको बिगबिगी भएपछी स्थानियले स्थानिय प्रशासन मार्फत हटाउन भन्दै आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend