logo
  • आइतबार, असोज ११ २०८३

घाईतेको बाटैमा मृत्यु भएपछि हेलिकप्टर पोखरामा अवतरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ पुष ५ ।
बागलुङको बडिगाड गाउँपालिका–२ मा बुधबार भएको सवारी दुर्घटनाका गम्भिर घाईते एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका–१ का ३६ वर्षिय खगेन्द्र विसिको मृत्यु भएको ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले जानकारी दिए । उनलाई काठमाण्डौको ग्राण्डि अस्पताल लैजाने क्रममा उडिरहेको हेलिकप्टरमै मृत्यु भएको हो ।

‘हामीले घाईतेको तत्काल उद्धार गरि दुईजनालाई काठमाण्डौ पठाएका थियौँ,’ नगरप्रमुख नेपालीले भने, ‘हेलि उडिरहेकै अवस्थामा एक जनाको मृत्यु भएपछि पोखरा ल्याण्ड गरेर अर्का घाईतेको गण्डकी अस्पताल पोखरामा उपचार हुँदैछ ।

घाईते ढोरपाटन नगरपालिका–१ कै २७ वर्षकका सुरेन्द्र वोहोरालाई गण्डकी अस्पतल पोखरामा उपचार गर्न लागिएको हो । दुवैलाई हेलिकप्टर मार्फट काठमाडौंको ग्रान्डि हस्पिटलमा पुर्याउने वताइएको थियो।

तीनै जना घाईतेको सुरुमा गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७ वामी टक्सारमा रहेको मल्ल मेडिको फार्मामा उपचार गरिएको थियो। घाइते मध्ये ढोरपाटन १ का २६ वर्षका भरत विसिको भने अवस्था सामान्य रहेको र उपचार पछि थप उपचारको लागी गाडि मार्फत पोखरा गएको मल्ल मेडिकलका धर्मेन्द्र मल्लले जानकारी दिनुभएको छ।

बडीगाड गाउँपालिका–२ काँडेरुख नजिकै पिकअप भ्यान र दुई मोटरसाईकल एकै ठाउँमा ठोक्किएर भएको दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्गमा खर्वाङबाट ग्वालीचौरतर्फ जाँदै गरेको ना ४च३६६७ नम्बरको पिकअप भ्यानसँग विपरित दिशामा जाँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्वरका मोटरसाईकल ठोक्किएका हुन् ।

पिकअप भ्यानसहित चालक खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब निरीक्षक लाल वहादुर चौधरीले जानकारी दिए ।

बुर्तिवाङवाट वुटवल जाँदै गरेका दुई मोटरसाईकल अगाडी गुडिरहेको यात्रुवाहक बसलाई ओभरटेक गर्ने क्रममा पिकअपसँग ठोक्किएका स्थानियले वताएका छन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend