logo
  • आइतबार, असोज ११ २०८३

बागलुङमा सवारी एक-अापसमा ठाेकिदा एककाे मृत्यु दुई घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का, बागलुङ पुष ५।
मध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका- २ काँडेरुख नजिकै  अाज बिहान पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जना घाइते भएका छन भने १ जनाकाे मृत्युु भएकाे छ ।मृत्यु हुनेमाढोरपाटन नगरपालिका वडा नं. १ का वर्ष ३६ का खगेन्द्र विसि रहेका छन । उनलाई हेलिकप्टर  मार्फत गण्डकी अस्पताल पाेखरा लैजादै गर्दा मृत्यु भएकाे ढाेरपाटन नगर प्रमुख देव कुमार नेपाली बताएका छन ।

धाईते २ जना मध्य सोहि स्थानका वर्ष २७ का सुरेन्द्र वोहोराकाे अहिले गण्डकी अस्पताल पाेखरामा उपचार भईरहेकाे छ भने  २६ वर्षका भरत विसिकाे स्थानीय मेडिकल वामी गुल्मीमा उपचार भईरहेकाे बताएको छ ।

बिहान खर्वाङबाट ग्वालीचौर तर्फ जाँदै गरेको ना ४ च ३६६७ नम्वरको पिकअप जिप र विपरित दिसावाट आउँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्वरका मोटरसाईकल आपसमा ठोकिँदा सो दुर्घटना भएको थियाे ।

पिकअप जिप चालक र गाडि खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिएका छन । बुर्तिवाङवाट बुटवलका लागि हिँडेका मोटरसाईकल सवार यात्रुवाहक वसलाई ओभरटेक गर्ने क्रममा विपरित दिसा तर्फवाट गैरहेको पिकअपसंग ठोकिएको स्थानियले वताएका छन । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend