साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं पुष ४ ।
गायिका निर्मला थापा मगरको नयाँ पप गीत “भमरा” नामक एल्बम सार्वजनिक भएको छ । गायिका थापाले आफ्नै युट्युब च्यानलमार्फत गीतलाई सार्वजनिक गरेकी हुन् । हरेक किसिमका गित गाउन सक्ने क्षमता भएकी गायिका थापाको यो भन्दा पहिलेका एल्बमहरुले निकै चर्चा कमाउन सफल भएका छन् ।
पधेरिमा पानी भर्न, यो मनले जस्ता लोक पप एल्बम तथा सोल्टी राजा, तम्घास बजार, भेट हुदा नामक लोक दोहोरी गीत सबैको मनमनमा बस्न सफल भएका छन् ।
गायिका थापाको स्वर रहेको गीतमा शब्द तथा संगीत राज कुमार बगरले गरेका छन । कमल सौरागको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोमा भुवन मगर, आरुषी मगर र हेरुका लामाको अभिनय देख्न सकिन्छ ।
दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेको भिडियोमा मनोहर गोतामेले कोरियोग्राफी गरेका छन् । त्यस्तै दिलिप पन्तको निर्माण नियन्त्रक रहेको भिडियोलाई सम्पादन तथा रंग भर्ने काम पवन सिंखडाले गरेका छन् । भिडियोको दृश्य निर्माण मण्डली फिल्मसले गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend