साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष ४ ।
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद गोकर्ण विष्टले वाम एकता भाड्ने षडयन्त्रमा कांग्रेस सहितका विभिन्न शक्ति लागि परेको दावी गरेका छन् । वामपन्थी गठवन्धनले देशलाई स्थिरता र आर्थिक विकासमा पु¥याउने भएकाले कांग्रेस सहितका स्वदेश एवं बिदेशी शक्तिको चलखेल सुरू उनले बताए ।
यसबाट एमाले र माओवादी दुवै पार्टीका नेताहरू सजग हुनुपर्ने र जनताले समेत खबरदारी गर्नुपर्ने उनको भनाई छ । नेकपा एमाले गुल्मी रूपन्देही सम्पर्क मञ्च क्षेत्र नम्बर २ ले मंगलबार बुटवलमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा संबोधन गर्दै विष्टले अब कसैले घुर्काइ र फुर्काइमा देश नअल्मलिने बताए । ‘
गठबन्धन जनताको जनादेश हो, त्यो सहि रुपमा पालना गर्छौ,’कसैले धम्काएर वा भाडेर एकता टुटदैन ।’ विष्टले अब बन्ने सरकारले मुलुकमा तीब्र आर्थिक विकास गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजानुको विकल्प नभएको बताए ।
मतका आधारमा जनताले मुलुकमा आर्थिक विकास र समृद्धि गर्ने जिम्मेवारी दिएको भन्दै उनले अव बन्ने सरकारले जनअपेक्षा पूरा गर्ने दावी गरे । ‘अब बन्ने बाम गठबन्धनको सरकारलाई जनताको अपेक्षा पुरा गर्ने अभिभारा छ,‘ उनले भन,े‘ हेप्ने र पेल्नेहरूलाई नेपालको विकास हेर्न टिकट काटेर आउनुपर्ने छ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend