logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा बहुमुखि क्याम्पस आङ्गिक बन्दै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष ४।
नेकपा एमालेका दुई केन्द्रिय सचिव प्रदिप ज्ञवाली र गोकर्ण विष्टले गुल्मीको रेसुङ्गा बहुमुखि क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने बताएका छन् ।

गुल्मी प्रतिनिधिसभा १ बाट निर्वाचिन ज्ञवाली र २ बाट निर्वाचित विष्टले सोमबार क्याम्पसले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखि क्याम्पसलाई अब छिट्टै आङ्गिक क्याम्पसमा रुपान्तरण गरी विद्यार्थीहरुको अध्ययनमा सहजता ल्याउने प्रतिबद्धता विष्ट र ज्ञवालीले जनाका छन् ।

‘पश्चिमाञ्चल विश्वविद्यालयमा रेसुङ्गा क्याम्पसलाई आङ्गिक बनाउन पहल भइरहेको छ ।’ क्षेत्र नम्बर २ का सासंद विष्टले भने, ‘अबको केहि समयभित्र क्याम्पसलाई आङ्गिक बनाउछौ ।’

त्यस्तै अर्का सचिव ज्ञवालीले त्रिभुवन विश्वविद्यालयबाट क्याम्पसलाई आङ्गिक बनाउने बताए । क्याम्पसको समस्याप्रति आफूहरु गम्भिर रहेको भन्दै अब छिट्टै विद्यार्थीहरुले चर्को शुल्क तिरेर अध्ययन गर्नुपर्ने अवस्थको अन्त्य गर्ने उनको भनाई छ ।

‘त्रिभुवन विश्वविद्यालयबाट समेत भएपनि क्याम्पसलाई आङ्गिक बनाएरै छाड्छौ ।’ नेता ज्ञवालीले भने, ‘विद्यार्थीले चर्को शुल्क तिर्ने प्रथाको अन्त्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend