साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष ४ ।
बागलुङ क्षेत्र नं. २ प्रदेश सभा क का सांसद चन्द्र वहादुर वुढा सागर चुनावमा वोलेका सवै प्रतिवद्धता पुरा गरेर छोड्ने वताउनु भएको छ।
मंगलवार गल्कोट नगरपालिकाको वडा नं. ८ थालेपोखरामा विजयी र्याली सहित जनता भेटघाटको क्रममा वुढाले थालेपोखरा सहित का क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासको लागी पूर्ण रुपमा लाग्ने वताउनु भएको छ।
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका वुढाले कांग्रेसका सत्ता लिप्साको कारण अनेक वखेडा झिक्नु दुर्भाग्यपूर्ण भएको वताउनु भएको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका क्षेत्रिय इन्चार्ज ग्यामनाथ गैरे, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीस, नेकपा माओवादी केन्द्रका चन्द्र वहादुर थापा शिखर, गंगा भुजेल लगाएतको सहभागिता रहेको थियो।
टोलीले गल्कोट नगरपालिकाको वडा नं. ९ को वाँसखोला, मल्म, वडा नं. ५ को भुजुंगे लगाएतका क्षेत्रमा जभेटघाट गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend