साझा नेटवर्क
देबेन्द्र केसी/साझा नेटवर्क, नयाँ दिल्ली पुष ३ ।
भनिन्छ नेपाल देवी देवताहरुको मुलुक हो। हिन्दु धर्ममा सबै देवी देवताहरु लाई मृत देखाईए पनि देवी “कुमारी”लाई जिवित देवी मानिन्छ र हरेक बर्ष काठमाण्डौमा ३२ लक्षणले युक्त कुमारी केटी खोजेर पुजा गरिन्छ । तर तिनै कुमारी पश्चिम नेपालको ब्यस्त शहर मानिने र प्रदेश नं ५ को प्रस्तावित राजधानी बुटवल बसपार्कबाट रहस्यमय रुपमा लापता भएको सनसनीखेज मामला प्रकाशमा आएको छ, तर फरक परिस्थि र प्रसंगमा ।
प्राप्त जानकारी अनुसार गुल्मी जिल्ला कालिगण्डकी गाँउपालिका वार्ड नं ७ भुर्तुङ्ग छिसका प्रेम बहादुर केसी र कौसिला केसीकी २२ बर्षिया छोरी कुमारी केसी मंसिर २६ गते पत्थरीको समस्या देखिएपछि उपचार गराउन बुटवल आएकी थिईन । बुटवल स्थित बुटवल नर्सिंग होममा पत्थरीको जाँच गराउदा पत्थरी नदेखिएपछि मंसिर २९ गते निजका दाजु कुमार केसीले बुटवलबाट बरेड्ग जाने लु १ ज २०२५ नंम्वरको जिपमा बिहान ८ बजे बसालेका थिए ।
बुटवलमा कार्यरत निजका दाजु कुमारले घरको लागि केही समान र पैसा पनि बहिनी कुमारीको हातमा पठाएका थिए । “ल जिप पनि सिरान धारा कै रहेछ तिमलाई केहि समस्या हुँदैन, बिच बिचमा फोन गरिराख्नु है” कुमारले बहिनीलाई सम्झाउदै भनेका थिए । आफु नै स्वयं गएर सिटमा बसालेकी बहिनी राति ८ बजेसम्म घर नपुगेपछि दाजुको मुटुमा अनहोनीको आसंकाले ढ्याड्ग्रो ठोक्न सुरु गरिहाल्यो ।
उता घरपरिवारले पनि रातारात कुमारीको खोजविन सुरु गर्यो । रातभरि छोरीलाई खोजेर लखतरान परेको सरिर र भिजेका आँखालाई सानो आसाको किरण बनेर सोही गाँउपालिका अंधेरी खोलाका सम्शेर गुरुङ्ग एका बिहानै आईपुगे “यो समान र पैसा लगेर घरमा दिनु है दाई भनेर तपाईको नानीले पठाएकी छिन” समशेरले पोको र पैसा आमालाई थमाउदै भनें ।
“हैन छोरी खै त ” आमाको प्रश्न खस्न नपाउदै “म त बहिनीलाई खासै चिनिन, छिस प्रेम बुबाकोमा दिनु मेरो यहाँ काम छ भनिन म त सोझै सोँचे र ल त नि सामान लगिदिन्छु भनेको, बरु त्यो जिपको ड्राईभरलाई सोध्नु न “सम्शेरले आईडिया सुझाए ।
बुटवलबाट कुमारले जिपको ड्राईभरलाई बहिनीको बारेमा सोध्दा अनभिज्ञ बनें “खै मत हतारमा थिंए तिनी नानी बुटवल मै झरिन या सान्तिपुर मत मेसो पाईन” गैर जिम्मेवार बचन बोलेर फोन काटे ड्राईभरले । बहिनीको पिरले रोम्ल्लिएका दाजु कुमारले सबै ठाँउमा फोन गरें, पुग्ने ठाँउ पुगे ।
बहिनी जान सक्ने संभावित स्थानको खोजीनिति गरेपनि कहिं कतै फेला नपरेपछि पुस २ गते ईलाका प्रहरी कार्यालय बुटवलमा लिखित उजुरी सहित बहिनी खोजिदिन आग्रह गरे । प्रहरीलाई बहिनी खोजिदिन अनुरोध गरेर घर फर्केका कुमारलाई घरबाट बाबाले फोन गरेर बहिनीले पुस १ गते नै नातामा भाउजु पर्ने पबित्रा केसीलाई म भारत तिर जाँदै छु र नेपाल-भारत बोर्डरमा छु भनेर फोन गरेको बताएपछि दाजुलाई झन तनाव थपिदियो ।
बहिनी को सँग भारत जाँदै छ ? कतै…! परिवारमा थप तनाव थपिदिएको छ । उनको अन्तिम फोन कलले तैपनि सासको आस बाँचेको छ । “आमाले छोरीको पिरले रोएर दिन रात कटाएकी छिन । कसैलाई मन परेको भए मलाई भनेको भए म कहाँ नाई भन्थें र ? कहाँ छौ बहिनी तिमी फर्की आउ “भक्कानिदै कुमारले भने ।
भाउजुलाई फोन गरेको नम्वरमा कल गर्दा “सम्पर्क हुन सकेन “भन्दा बिछिप्त हुन्छ परिवारको मन । “भारतमा बहिनी जान सक्ने सबै ठाँउमा फोन गर्दा कतैबाट सन्तोष गर्ने जवाफ आउदैन लौन बहिनीको सोधी खोजी गरिदिनु पर्यो “पड्तिकारलाई कुमार ले रुंदै अनुरोध गरे । नेपालबाट भारत तिर आउने सम्पुर्ण ट्रावल्स र सरकारी बससेवा कम्पनी लगाएत दुतावाससँग पनि समन्वय गरि सोधी खोजी गर्न टिम नै बनाएको छ, गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत) ले ।
यदि नेपाल या भारत कहिं कतै यी चेलीको बारेमा कसैलाई जानकारी भए निम्न नम्वरमा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध छ । फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यव्स्था गरिएको छ ।
भारतका लागि सम्पर्क नम्बर +९१ ८८००३५९४८८/९८१८५३८१५६, नेपालका लागि +९७७ ९८६३७७२६२२/९८१४४८३९४७ छोरीको अभावमा तड्पिएका परिवारको खुसीको लागि सहयोग गरिदिनुहुन अनुरोध छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend