साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष ३ ।
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर १ का नव निर्वाचित प्रतिनिधी सभा सदस्य प्रदिप ज्ञवालीले एकताबाट भाग्नेहरु पार्टीको भाटे कारबाहिमा पर्ने बताएका छन् । पार्टी एकताको मुद्धा अब गठबन्धनका लागि भन्दा आम नागरिकका लागि भएकाले संगठनको हित विपरीत बोल्न कसैलाई छुट नभएको ज्ञवालीले बताए ।
‘प्रत्येक नागरिकले बिजयी भएको भन्दा पार्टी एकताको शुभकामना दिएका छन्,’उनले भने,‘ अब एकताबाट को कहाँ भाग्न सक्छ ।’ आफु निर्वाचित भएपछि गाउँका बिजयी सभा सकेपछि सोमबार पत्रकारसंग कुरा गर्दै उनले एकता बिरोधी शक्तीहरु सल्बलाईरहेका बेला गठकन्धन भित्रै नेताहरुले गैरजिम्मेवार तर्क दिनु सान्दर्भिक नहुने बताए ।
बाम गठबन्धनको सानदार बिजयपछि नेपालमा नयाँ युगको शुरुवात भएको बताउँदै सांसद ज्ञवालीले बिजयको उन्मातमा नलाग्न सवै नेता कार्यक्रर्तालाई आग्रह गरे । उनले देशभरबाट बाम गठबन्धनको पक्षमा बहुमत आएकाले अवको केहि दिनमा बामपन्थी सरकार गठन हुने बताए ।
देशभरबाट पत्तासाप भएर पनि अनेक बहानाबाजी गरेर सरकारमा बस्न देउवा सरकारलाई कुनै लाज नलागेको समेत उनले बताए । ज्ञवालीले जिल्लाको विकासका निम्ती आफ्ना पनि केहि सपना भएकाले चुनावका प्रतिबद्धता सहित सवै काम पुरा गर्ने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend