logo
  • शनिबार, असोज १० २०८३

जलजलामा प्रदेश संसाद सागरलाई ५ किलोकाे माला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ पुष २ ।
बाम गठबन्धनकाे बिजयी र्याली  बडिगाड गाउँ पालिका वडा न.४  जलजलामा  अाज सम्पन्न भएकाे छ । बिजयी र्यालिमा मतदातालाई  धन्यवाद दिदै  प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले जनतामाझ गरेका प्रतिबद्धताहरु पूरा गर्ने प्रक्रियाकाे थालनि सुरु भएको  बताउनुभएकाे छ । कृषिमा अाधुनिकरण यातायातकाे सहज पुहच पर्यटन बिकाश तथा जनताकाे अावश्यकताहरलाई पूरा गर्ने स्थानीय सरकार प्रदेश सरकार र प्रतिनिधी सरकार कटिबद्ध रुपले लागी परि जनताको मन जित्ने गरि काम गर्ने बताउनुभयो छ । अब पाटि एकता हुँदै बामपंथी सरकार बन्ने भएकाले जनताकाे मतको कदर गर्दै यस ठाउकाे बिकाशका लागि अाफु लागिपरिरहने बताउनुभयो उहाँले भन्नू भयाे   अहिलेकाे सरकारले बिवादित राजनैतिक नियुक्त  नगरि सरकारबाट राजिनामा दिई मार्ग प्रसंसत गर्ने अाग्रह गर्नुभयाे। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुषालले  जनताले बिश्वास गरि बामपंथीका साझा उमेदवारलाई बिजयी बनाएकाले जनताकाे अाशा अभिलाषा र अार्थिक बिकासका लागि बामपंथी सरकार कटिबद्ध रहि काम गर्ने बताउदै जनताकाे एकताकाे बाध फुट्न नदिने गरि काम अबकाे सरकारले गर्ने बताउनुभयो ।

त्यस्तै बडिगाड गाउपालिका अध्यक्ष मेयरसिह पाईजाले बामपंथी सरकारले  जनताकाे मन जित्ने गरि काम गर्नु पर्ने बताउदै देशमा अब अार्थिक क्रान्ति सहितकाे समाजवाद उन्मुख प्रणालीकाे बिकाश हुने  बताउनुएकाे छ।

नेकपा माअाेवादि केन्द्र पाेलिटव्युराे सदस्य एव प्रदेश क का निर्वाचन परिचालन कमिटीका संयाेजक ज्ञामनाथ गैरे अनिलले धेरै बर्षकाे संघर्षले मात्रै बामपंथी सरकार बन्ने भएकाले जनताका अाधारभुत अावश्यक पूरा हुनेमा बिश्ववस्त रहन जनतालाई अाग्रह गर्नेुभयाे ।

कार्यक्रममा नेकपा माअाेवादिका चन्द्र बहादुर थापा सिखर नेकपा एमाले जिल्ला सदस्य बिना मगर वडा अध्यक्ष प्रेम गलामी लगाएले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
कार्यक्रममा प्रदेश सांसद चन्द्र बुढा सागरलाई जलजला बासीहरले ५ केजिकाे माला लगाई सम्मान गरेका थिए । जलजलाका स्थानीयहरुले खानेपानीकाे समस्या र ग्वालीचौर हुँदै जलजला रणसिहकिटेनी सम्मको माेटरबाटाे स्तर उन्नति शिक्षा लगाएतका माग पत्र प्रदेश संासदलाई बुझाएका थिए ।

कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष जगिराम काउचाकाे अध्यक्षतामा वडा सदस्य केशमाया छन्त्याल हिताङकाे स्वागत राष्ट्रिय जनमाेर्चाका केयरसिह सिंजालीले संचालन गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend