साझा नेटवर्क
साझा नेटवर्क ,काठमाडौं मंसिर २९ ।
समानुपातिकतर्फको प्रदेश १ को मतगणना सकिएको छ। प्रदेश नं.१ मा नेकपा एमालेले नै अग्रता लिएको छ। कुल सदर मत १६ लाख २५ हजार २४८ मध्ये नेकपा एमालेले ६ लाख ३५ हजार ३८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ५ लाख ३८ हजार ९९४ मत प्राप्त गरेको छ ।
त्यस्तैगरि माओवादी केन्द्रले १ लाख ९४ हजार २६८ मत प्राप्त गरेको छ। संघीय समाजवादी फोरमले ६५ हजार २४३ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५५ हजार ३६७ मत प्राप्त गरेको छ । प्रदेश नम्बर १ मा विवेकशील दलसहित साना दल गरी १ लाख ३५ हजार ९८८ मत प्राप्त गरेका छन् । प्रदेश २ मा कांग्रेस पहिलो प्रदेश नम्बर २ मा भने कांग्रेस समानुपातिकतर्फ पहिलो भएको छ ।
हालसम्म गणना गरिएको १३ ला ६ हजार ९४४ मतमध्ये कांग्रेसले ३ लाख १६ हजार ६७० मत प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टीले २ लाख ६० हजार ४३५ मत प्राप्त गरी दोस्रो स्थान ओगटेको छ । तेस्रोमा संघीय समाजवादी फोरम नेपालले हालसम्म २ लाख ४९ हजार ७८८ मत प्राप्त गरेको छ । देशभर पहिलो भएको एमाले २ नम्बर प्रदेशमा भने चौथोमा धकेलिएको छ । २ लाख १७ हजार ३५७ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले १ लाख ४६ हजार १३७ मत ल्याएको छ ।प्रदेश ३ मा विवकेशील साझा चौथो
प्रदेश नम्बर ३ मा पनि नेकपा एमाले नै पहिलो शक्ति बनेको छ । कुल १८ लाख ५३ हजार २७१ मत गन्दा एमाले ६ लाख ६५ हजार २४९ मतसहित पहिलो र नेपाली कांग्रेसले ५ लाख ४९ हजार ७०४ मत पाएको हो । माओवादी केन्द्रले ३ लाख १२ हजार ९७ मत पाउँदा चौथोमा रहेको विवेकशील साझा पार्टीले १ लाख ७१ हजार ३९ मत प्राप्त गरेको छ । ३ नम्बर प्रदेशमा राप्रपाले ५८ हजार १६८ मत प्राप्त गरेको छ । ४ नम्बरमा नयाँ शक्ति चौथो, पाँचौँ राजमो ४ नम्बर प्रदेशमा नेकपा एमालेले नै अग्रता कायम राखेको छ । ९ लाख ५६ हजार ८१९ मत गन्दा एमालेले ३ लाख ७३ हजार ५०१ मत प्राप्त गरेको छ ।
त्यस्तै कांग्रेसले ३ लाख ६४ हजार ७९७, माओवादी केन्द्रले १ लाख १९ हजार ५२८ र नयाँ शक्ति पार्टी नेपालले २४ हजार ६२५ मत प्राप्त गरेको छ प्रदेश ५ मा कांग्रेको अग्रता ५ नम्बर प्रदेशमा प्रत्यक्षतर्फ ५२ स्थानमध्ये ५ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा भने पहिलो भएको छ । कुल १५ लाख १ हजार ४६५ मत गणना हुँदा कांग्रेसले ५ लाख १ हजार १७२ र एमालेले ४ लाख ९७ हजार ०७७ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले भने २ लाख २३ हजार ११६ मत पाएको छ । यहाँ चौथोमा संघीय समाजवादी फोरम आएको छ । उसले ७५ हजार ७९८ र पाँचौँमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ५२ हजार ९२३ मत प्राप्त गरेको छ ।
प्रदेशमा ६ मा राप्रपा चौथो ०७० को संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ मनग्ये मत बटुलेको कमल थापा नेतृत्वको राप्रपा यसपटक खुम्चिन पुगेको छ । उसले कुनै प्रदेशमा राम्रो मत प्राप्त गर्न सकेन । प्रदेश ६ मा ४ लाख १९ हजार ४२४ मत गणना हुँदा एमालेले १ लाख ४४ हजार ९९६, कांग्रेसले १ लाख ३७ हजार १५३, माओवादी केन्द्रले १ लाख २२५ मत प्राप्त गरेका छन् । चौथोमा रहेको राप्रपाले १२ हजार ७७१ र पाँचौँमा भक्तपुर बाहिर पनि नारायणमान विजुक्छे नेतृत्वको नेमकिपाले अस्तित्व देखाएको छ । नेमकिपाले ७ हजार ६३ मत प्राप्त गरेको छ ।
सात नम्बर प्रदेशमा कांग्रेस अगाडि सात नम्बर प्रदेशमा कांग्रेस अगाडि देखिएको छ । ७ लाख ६६ हजार ८०९ मत गणना गर्दा कांग्रैसले २ लाख ८६ हजार ९९८, एमालेले २ लाख ५५ हजार १२९, माओवादी केन्द्रले १ लाख ३७ हजार ७२४ मत प्राप्त गरेको छ । सात नम्बर प्रदेशमा राजपा चौथो शक्ति बनेको छ, समानुपातिकतर्फ । त्यसो त उसले प्रत्यक्षतर्फ कैलाली– १ मा विजयी हासिलसमेत गरेको छ । उसले ३३ हजार ४०२ मत प्राप्त गरेको छ । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend