साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मंसिर २७ ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का सांसद दिनेश पन्थीले आफूहरु सबैको प्रतिनिधि भएकोले विकासका काममा कुनै विभेद नगर्ने बताएका छन् ।
जितपछि आफूलाई थप जिम्मेवारपनको बोध भएको भन्दै नेता पन्थीले अब सबै नागरिकलाई समान दृष्टिले हेर्ने बताए । बुधबार गुल्मीको धुर्कोट मदाने गाउँपालिकाको सिर्सेनीमा भएको विजय ¥यालिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामीलाई भोट नदिनेका पनि हामी प्रतिनिधि हौँ ।’ पन्थीले भने, ‘त्यसैले हामी सबैलाई समान ब्यवहार गर्छौ, काममा विभेद गर्दैनौ ।
’ त्यसका साथै उनले विपक्षीलाई किन भोट दिएनौ भनेर पछुतो हुनेगरी काम गर्ने समेत प्रतिबद्धता जनाए । विपक्षी तथा आफूलाई भोट नदिनेप्रति आफूको केहि भन्नु नहरेको भन्दै उनले त्यस्ता मानिसको लागि काम गरेरै देखाउने बताए । ‘कुराले हुदैँन काम गरेर देखाउने हो ।’ नेता पन्थीले भने, ‘अब विपक्षी पनि हामीलाई भोट हान्ने समयको दिन प्रतिक्षामा रहुन् ।
’ त्यसका साथै उनले निर्वाचनको बेला बोलेका प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने बताए । बोलेका कुरा नगरे जनताले नपत्याउने भन्दै अब काम गरेर देखाउने समय आएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend