logo
  • शनिबार, साउन ९ २०८३

पार्टी एकता र सरकार गठन दुवै हुन्छ : गोकर्ण विष्ट


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी मंसिर २७ ।
नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद गोकर्ण विष्टले पार्टी एकता र सरकार गठन दुवै काम हुने बताए ।

नेकपा एमाले र नेकपा माआवादी केन्द्र मिलि निर्माण भएको बामपन्थी गठबन्धनले तोकिएकै मितिभित्र सरकार पनि गठन गर्ने र दुई पार्टीबिच पनि एकता हुने उनको भनाई छ । २१ मंसिरमा भएको निर्वाचनमा निर्वाचित भइसकेपछि विजयी र्र्यालिमा निस्केका विष्टले मंगलबार मदाने गाउँपालिकाको अग्लुङमा मतदातालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अहिले केहि पार्टीहरु एकता हुन नदिने खेलमा लागिरहेको भन्दै नेता विष्टले आफूहरु त्यसबाट सजक भएको समेत बताए ।

‘केहि राजनीतिक शक्तिहरु एकता हुन नदिने खेलमा लागेपनि हामी त्यसबाट सजक छौ ।’ उनले भने, ‘अब तोकिएको मितिमा सरकार गठन र पार्टी एकताको कामलाई सँगसँगै अगाडी बढाइन्छ ।’ तर उनले पार्टी एकता वा सरकार गठन कुन पहिले भन्ने बिषयमा केहि बोलेनन् । त्यसका साथै पार्टी एकता गर्दा केवल एमाले र माओवादी केन्द्र मात्र नभई अन्य साना कम्युनिष्ट पार्टीलाई समेत एकता प्रक्रियामा सहभागि गराउने उनले बताए ।

‘प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्याुठान लगायतका क्षेत्रमा अन्य कम्युनिष्ट पार्टीलाई एमाले र माओवादी केन्द्रले सहयोग गरेको छ ।’ उनले भने, ‘त्यसको लक्ष्य ति पार्टीलाई पनि एकतामा सहभागि गराई देश निर्माण गर्नु हो ।’ नेपालमा राजनीतिक स्थायित्व, सुशासन, भष्ट्राचारमुक्त समाज, आर्थिक सम्मुन्नता लगायतका आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि बामपन्थीको शक्तिहरुको विकल्प नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend