logo
  • शनिबार, साउन ९ २०८३

‘पाल्पाका अर्का उत्पादन’ मोडल विवेक बलाल


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

पाल्पा २७,मंसिर ।
पाल्पा जिल्ला एउटा कलाकारको खानी भएको जिल्लाको रुपमा चिनिन्छ । अभिनयको रुपमा होस या गायकको रुपमा होस् । महानायक राजेश हमाल,धिरन शाक्या,नारायण रायमाझि,बद्री पङगेनी,अर्जुन कौशल,श्रीरिस देवकोटा,स्मृति तिमिल्सिना जस्ता नेपालका हस्ति कलाकारलाई पाल्पाले जन्म दिएको हो ।
शिक्षा,स्वास्थ्य र पर्यटनको नारा बोकेको पाल्पा जिल्ला कालाकारको जिल्लाको रुपमा पनि चिनिदै आएको छ । यो जिल्लामा साना ठुला गरी सयौ कलाकार जन्माएको छ ।
पाल्पाका सयौँ कलाकार मध्येको एउटा नाम हो विवेक बलाल मगर । पछिल्लो समयमा मोडलिङ्ग क्षेत्रमा भविष्य खोज्दै गरेको नाम हो यो ।रुपन्देहीमा बसेर लामो समयसम्म उनले मोडलिङ्ग क्षेत्रका काम गर्दै आएका छन् ।

उनको जन्म पाल्पा जिल्लाको साविक मदनपोखरा गाविस वडा नं.९ दमकडामा भएको हो । अध्ययनका लागि रुपन्देही बसेका बलाल मोडलिङ्ग क्षेत्रको कर्म भएको बताउछन् । उनको मोडलिङ्ग क्षेत्र मिस्टर कलेज लुम्बिनीमा सहभागिताबाट सुरु भएको हो । मिस्टर कलेज लुम्बिनीमा भ्यूअर च्वाइस विधाबाट विजेता समेत उपाधीले मोडलिङ्ग क्षेत्रमा रुचि बढेको बलाल बाउछन् । त्यसपछि लुम्बिनी अञ्चललाई प्रतिनिधित्व गर्दै पाल्पाबाट मिस्टर मोडल नेपालमा भाग लिएका थिए । उनी त्यहाँ टप सेभेनमा परी मोस्ट कन्जेन्सीटि टाइटल विनर भएका थिए ।

भारतीय सेनामा जागिरे रहेका बलालका बुवा दाजिलिङ्गमा रहेकाले उनले बाल्यअवस्था दार्जि्लिङ्गमा विताएका थिए । उनको सानै देखि मोडलिङ्ग तथा कला मनोरञ्जन क्षेत्रमा रुची भएकाले विभिन्न स्थानहरुका कार्यक्रममा सहभागिता जनाउदै पाल्पा जिल्लालाई पनि मोडलिङ्ग मा ल्याउनका लागि जिल्लामै पहिलो पटक मिस पाल्पा प्रतियोगिताको समेत आयोजना गरेका थिए । उनले सीमित स्रोत र साधनका बावजुत पनि जिल्लास्तरीय प्रतियोगिता आयोजना गरी जिल्लाका सुन्दरीहरुलाई देश तथा विदेशमा चिनाउन सफल भएको बताउँछन् ।
अहिले उनले जिल्लाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सहभागि गराइ मिस कलेज प्रतियोगीताको आयोजना समेत गर्ने गरेका छन् । कलेजबाट प्रतियोगीहरुको छनौट समेत सुरु गरिएको बलालले बताउँछन् ।
बलालले आफ्नो मोडलिङ्ग सोंखलाई अब व्यवसायिक रुपमा नै संचालन गर्ने योजना बनाएका छन् । उनले अहिले फेशन कोरियोग्राफर तथा निर्देशकको रुपमा विभिन्न कार्यक्रममा समेत काम गर्ने अनुभव बटुलेका छन् । उनले आफूले निकट भविष्यमै म्यूजिक भिडियो, फेशन शो हरुमा अभिनय गर्ने, कोरियोग्राफि गर्ने, व्यूटी शोहरु चलाउने र मोडलिङ्ग क्षेत्रमा थप योगदान गर्ने लक्ष्य रहेको बताए । उनले मोडलिङ्ग नेपालको लागि नयाँ कुरा भएता पनि यसलाई व्यवसायिक रुपमा संचालन गर्न सक्ने हो भने भविष्य उज्वल रहेको बताउँछन् । मोडलिङ्ग तथा कला क्षेत्रमा आउन चाहने युवाहरुलाई आवश्यक परामर्श र सल्लाह समेत दिने गरेको बलाल बताउँछन् ।
आफूले कमाईको लागि भन्दा पनि रुचीको विषय भएकाले मोडलिङ्ग र कोरियोग्राफि तथा निर्देशन पेशालाई निरन्तरता दिने सोंच रहेको बलालले इरानीमहलसंँगको कुराकानीमा बताए । उनले जिल्ला ठाउँका युवा युवतीहरुलाई आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासमा समेत यस्ता इभेन्टरुले सहयोग पुग्ने बताउँछन् ।
हरेक मानिसमा एक–एक प्रतिभाहरु लुकेर रहेका छन् ति प्रतिभालाई प्रफुष्टन गराउन सक्दैनन, जसले उनीहरु पछाडि पर्ने गर्दछन् बलाल थप्छन ‘मैले त्यस्ता प्रतिभावान महानुभावलाई आफ्नो प्रतिभा लुकाएर होइन देखाएर अगाडि बढ्न सकिन्छ‘ त्यसको लागि हातेमालो गर्न चाहेको बताउँछन् । कला मनोरञ्जन क्षेत्रले व्यक्तिलाई देश तथा विदेशमा चिनाउने बलाल बताउँछन्, उनी आधुनिकर्¥याप गीत समेत गाउने र निकट भविष्यमै एल्वम निकाल्ने तयारीमा लागेका छन् । मोडलिङ्ग तथा कला मनोरञ्जनको भविष्य राम्रो रहेकाले त्यसलाई निरन्तरता दिने बलालले खबर खुराकसंगको कुराकानीमा बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend