साझा नेटवर्क
समिम मियाँ, साइप्रस मङ्सिर २६।
दोस्रो मिस नेपाल साइप्रसको २०१७ को उपाधी छिरिंग डोल्मा लामाले जित्दै नयाँ मिस नेपाल साइप्रसको को ताज पहिरिएकी छिन् । मिस नेपाल साइप्रसको प्रथम रनर अप सृष्टिना महर्जन र द्वितीय रनर अप पवित्रा घिमिरे ले उपाधि प्राप्त गरिन् ।राजधानी निकोसियामा आईतबार सम्पन्न भएको फाईनल राउण्डमा अन्य नौ सब टाइटल अवार्ड पनि प्रदान गरिएको छ ।
बिजेताहरुमा मिस पर्सनालिटीमा सृष्टिना महर्जन, बेस्ट ट्यालेन्टमा रेश्मा बज्राचार्य बेस्ट कन्फीडेन्स तथा पर्फर्मेन्समा फर्पु लामा, बेस्ट हेयरमा संदोमा शेर्पा, बेस्ट ड्रेसमा फर्पु लामा, बेस्ट वाकमा डोमा लामा तामांग र छिरिंग डोल्मा लामा साथै मोस्ट पपुलर र बेस्ट स्माइल मा सरु नेपाल रहेका छन् ।
कार्यक्रमका आकर्षण हाँस्य कलाकार जितु नेपालले देशको समसामयिक विषयमा व्यंग्य गर्दै दर्सकलाई पेट मिचिमिची हँसाए साथै मिस नेपाल साइप्रसका टप बाह्र सुन्दरी संग ’ए दाजु नसमाउ नाडीमा’ बोलको गितमा ठुम्का लगाउदै दर्सकलाई भरपुर मनोरंजन प्रदान गरे ।
टप बाह्र का प्रतियोगीहरुले विविध गित र नृत्य पनि प्रस्तुत गरे । स्थानीय कलाकारको प्रस्तुतिले माहोल झनै ततायो। गौरब नेपालले ’हंगामा भो’ बोलको गित गाएर दर्सक उफारे ।
बोल्दैन त्यो तिम्रो तस्बिर’ बोलको गीतमा नृत्य प्रस्तुत गर्दै डान्सर बिशांत जंग शाहीले वाहवाही बटुले । चर्चित कोरियोग्राफर निरन्जन खत्री र सबिता ठाकुरले ’चिलबिल चिलाबिल चाचारी’ बोलको गीतमा दमदार नृत्य प्रस्तुत गरे ।
रोजिना जोशीको सभापतित्वमा भएको कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल र स्पिन इभेन्ट्सका प्रबन्ध निर्देशक निकेश प्रसाद जोशीको प्रमुख आथित्यता थियो । कार्यक्रममा विशेष अतिथि निलम पंजियार र अन्य अतिथीमा एनआरएनए आइसीसी सदस्य रंजित कुमार महतो, एनआरएनए साइप्रसका अध्यक्ष सुभास मल्ल, मिस नेपाल साइप्रस २०१५ कि बिजेता रियांची शेर्पा, चितवन सेवा समाज साइप्रस, लगायत विभिन्न संघ संस्थाका प्रतीनिधीहरुको उपस्थिती थियो ।
निर्णायक मण्डलमा सुरेश कुमार परियार, रंजित कुमार महतो, निलम पंजियार, जसुमाया पुन, गोबिन्द गुरुङ र यांकी ह्याल्मो रहेका थिए । डीएसआर टिमले आयोजना गरेको कार्यक्रमलाई जिया खनालले संचालन गरेकी थिइन् ।







© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend