साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी मङ्सिर २६ ।
गुल्मी जिल्लाको गुल्मी दरवार गाउँपालिका १ को बलिथुममा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन ।
पिकनिक सकेर गौडाकोटबाट बलिथुम जाँदै गरेको लु १ ज १३७८ नम्बरको जीप बलिथुमको सुकाखोलामा दुर्घटनामा परेको शसस्त्र प्रहरी बल गुल्म, गुल्मीका प्रहरी निरिक्षक देवराज मल्लले बताए ।
दुर्घटनामा गुल्मी दरवार गाउँपालिका १ का ३४ बर्षिय रेशम खड्का, २४ बर्षिय हरिकला खड्का, १९ बर्षिया यमकली खड्का, २८ बर्षिय टोप बहादुर खड्का, ७ बर्षिय धर्मराज खड्का र ३४ बर्षिय जीवन खड्का घाइते भएको मल्लले जानकारी दिए ।
त्यस्तै सोहि स्थानका ३० बर्षिय सुकी कुवर र जीप चालक खिम बहादुर कार्की घाइते भएका छन् । घाइते सवैलाई उपचारका लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ । जीप सडकबाट २० मिटर तल खसेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend