साझा नेटवर्क
साझा नेटवर्क/ संवाददाता मंसिर, २५
ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । (अबकास प्राप्त) पुर्व डिआइजी पदमा रहेका सिलवाल राजीनामा दिएर चुनाव लडेका हुन् सिलवालले काँग्रेस नेता उदयशमशेर राणालाई ६ हजार २ सय १७ मत अन्तरले पराजित गर्नु भएको हो । आफू विजयी भएपछि सिलवालले जनताको जीवनस्तर सुधार्न लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले मुलुकलाई सम्पन्न बनाउने बाम गठबन्धनको घोषणा पत्र हुबहू कार्यान्वयन गर्न सक्दो प्रयास गर्ने पनि बताउनु भयो ।
विजयी सिलवालले ३६ हजार ९ सय ४६ मत ल्याउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्धन्द्धी राणाले ३० हजार ७ सय २९ मत ल्याउनु भएको थियो ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend