साझा नेटवर्क
हुमकान्त पोखरेल, गुल्मी मङ्सिर २४।
गुल्मीका २ प्रतिनिधिसभा र ४ प्रदेशसभाका सबै सिट बामपन्थीहरुले हात पारेका छन् । २३ गते रातिसम्म सबै सिटको मतरिणाम सार्वजनिक भइसकेपछि आइतबार विजयी सबै उम्मेद्धारहरुले विजयी ¥यालिमा उपस्थित सबैलाई सम्बोधन गरेका छन् ।के भने सम्बोधनको क्रममा विजयी गुल्मीका सांसदहरुले ? 
पुसको पहिलो साताभित्र बामपन्थी सरकार गठन हुन्छ : प्रदिप ज्ञवाली, प्रतिनिधिसभा क्षेत्र नम्बर १
देशमा बामपन्थीहरुको जित दुइतिहाईको नजिक पुगिसकेको छ । अब सिंहदरबार प्रधानमन्त्रिहरुको फोटोहरुले रंगिने तर जनताका समस्या जहाँको तहिँ रहिरहे । देश भष्ट्राचारले डुबिसकेको छ । हामिले विश्वास गरेका पात्रहरु अहिले घृणाको पात्र भएका छन् । त्यसकारण अब देशलाई सुद्धिकरण गर्नको लागि पुसको पहिलो साताभित्र बामपन्थी सरकार बनिसक्नेछ ।
त्यसपछि हाम्रो देश समृद्ध बन्नेछ । नेपाल भष्ट्राचारमुक्त बन्नेछ । हामी दुई राष्ट्रका बिचमा सन्तुलित सम्बन्ध कायम राख्दै अगाडी बढ्न चाहान्छौ । त्यसैले अब कसैसँग झुक्नुपर्ने, डराउनुपर्ने आवश्यकता छैन । बामपन्थी सरकार गठबन भइ देशमा भएका विकृति, विसंगति हटाउदै समृद्ध नेपालको निर्माण गर्नेछौ ।’
हामी नेपाली जनतालाई सुखि र नेपाल राष्ट्रलाई समृद्ध बनाउन चाहान्छौ । यो जितले हामिलाई ठूलो भन्दापनि थप जिम्बेवारपनको बोध गराएको छ । देश र जनताको पक्षमा केहि गरेर देखाउने समय आएको छ । अब हामिले केहि गरेनौ भने फेरी तपाईहरुसँग आउने कुनै बाटो हुँदैन । त्यसैले हामी गुल्मी जिल्लालाई समृद्ध बनाउन चाहान्छौ । अबको पाचँ बर्षसम्म यस जिल्लाका नागरिकलाई खुसि बनाउदै समृद्ध गुल्मी निर्माण गर्ने अभियानमा लाग्नेछौ । तपाइहरुको मत खेर जान दिदैँनौ ।’
अबको १० बर्षभित्र कालिगण्डगी करिडोरलाई पिच गर्छौ । यस करिडोरलाई हामि चिन र भातर जोड्ने मार्गको रुपमा विकास गर्छौ । चिन र भारतको ब्यापारिक मार्गका साथै गुल्मीको मुटुको रुपमा कालिगण्डगी करिडोरलाई विकसित गर्यौ भने गुल्मीलाई धेरै आर्थिक लाभ प्राप्त हुनेछ । त्यस्तै जिल्लाभित्रका महत्पपूर्ण सडक, खानेपानी आयोजना लगायतका विकासका पूर्वाधारहरुलाई समयमै पुरा गर्छौ । यो जितपछि मलाई देश र जनताप्रति थप जिम्मेवारपनको बोध गराएको छ ।’
‘तपाइहरुले हामीलाई काम गर्न पठाउनुभएको हो । त्यसैले हामी काम गरेर देखाउछौ । अबको पाचँ बर्षसम्म तपाइहरुकै सेवामा लाग्छौ । विकास निर्मणका कार्यहरुलाई तिब्रता दिन्छौ । जसको कारणले गर्दा तपाइहरुले फेरी आउदाँ पनि यस्तै मतले विजयी बनाउनुहुनेछ । अहिलेको कार्यकालमा फेरी तपाईहरुसँग भोट नै माग्न नआउने गरी विकास निर्माणका कामहरु गर्नेछौ ।’
जिल्लामा थुप्रै विकास निर्माणका कामहरु अधुरा हुँदा जिल्लाबासिले धेरै समस्या भोग्नुपरेको छ । त्यसैले खानेपानी, सडक, कृषि, शिक्षा लगायतका विकास निर्माणका कार्यहरुलाई तिब्र गतिमा अगाडी बढाउछौ । अब कुरा गरेर काम गरेर देखाउनुपर्छ । त्यसैले थप जिम्मेबारपनको बोध भएको छ । विगतका दिनहरुको समिक्षा गर्दै अब नयाँ ढङ्गबाट अगाडी बढ्छौ । हामी तपाईको मत खेर फाल्दैनौ ।’
स्थानिय निकायको निर्वाचन भइसकेको छ । प्रदेश र केन्द्रको अहिले भयो । अब साना कामहरु स्थानिय निकायले गर्छ । त्यसपछिका मझौला विकासे आयोजनाहरु हामीले प्रदेशबाट सम्बोधन गर्छौ र प्रदेशले पनि गर्न नसक्ने कामहरुको लागि केन्द्रमा पहल गर्छु ।
देश र जनतालाई विकास र निकार दिनको लागि अहोरात्र खटिरहनेछु । मलाई भोट नदिएकाको पनि म प्रतिनिधि भएको नाताले मैले कसैलाई विभेद नगरि काम गर्नेछौ । अबको पाचँ बर्षमा हामीले गुल्मीलाई नमुना बनाएरै छौड्छौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend