logo
  • शनिबार, असोज १० २०८३

झापा ५ बाट २८ हजार मतान्तरले एमाले अध्यक्ष ओली विजयी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटर्वक, काठमाण्डाै / मंसिर २४, २०७४-एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ८ सय ४२ मतान्तरमा झापा– ५ बाट निर्वाचित भएका छन् ।ओलीले ५७ हजार १ सय ३९ मत पाए भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए ।

ओली २०६४ बाहेकका सबै चुनावमा झापाबाट निर्वाचित भएका हुन् ।झापा ५ का ९६ हजार १९ मतदातामध्ये ९१ हजार ३ सय ४५ मत खसेको थियो ।यसैबीच अध्यक्ष ओली विजय जुलुसमा सहभागी हुन सोमबार झापा आउने भएका छन् । उनी दुई दिन आफ्नो क्षेत्रको विजय सभाका कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend