साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर २३ ।
गुल्मीका २ प्रतिनिधि र ४ प्रदेशसभाको मतगणना हुने क्रम जारी छ । हालसम्मको मतपरिणामअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबा एमाले उम्मेद्धार प्रदिप ज्ञवालीले १९ हजार ३ सय ५२ र नेपाली काङ्ग्रेसका उम्मेद्धार चन्द्र भण्डारीले १४ हजार २ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट एमाले उम्मेद्धार गोकर्ण विष्टले २७ हजार ६ सय ७५ हजार मत प्राप्त गर्नुभएको छ । भने काङ्ग्रेसका चन्द्र केसीले १६ हजार ४ सय १३ मत प्राप्त गर्नुभएको छ ।
गुल्मी क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा बाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका सुदर्शन बराल १४ हजार ४ सय ५१ मतसहित अगाडी हुनुहुन्छ भने उहाँलाई काङ्ग्रेस उम्मेद्धार पृथ बहादुर फौजदारले १० हजार १३ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ ।
प्रदेश ‘ख’ मा बाम गठबन्धनका कमल श्रेष्ठले १२ हजार ८ सय ११ मत प्राप्त गर्नुभएको छ भने काङ्ग्रेसका धनेन्द्र कार्कीले १० हजार २ सय ९ मत प्राप्त गर्नुभएको छ । हालसम्म जिल्लाका दुईवटा प्रदेशसभाको नजिता आइसकेको छ ।
जसअनुसार प्रचिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा बाम गठबन्धनका खड्ग केसी निर्वाचित हुनुभएको छ । उहाँले नेपाली काङ्ग्रेसका शालिक पन्थीलाई ४ हजार ४ सय ९२ मतअन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
केसीको पक्षमा १६ हजार १ सय ६५ तथा पन्थीको ११ हजार ६ सय ७३ मत खसेको थियो । त्यस्तै प्रदेश ‘ख’ मा पनि बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्धार दिनेश पन्थी विजयी हुनुभएको छ ।
उहाँले नेपाली काङ्ग्रेसका छन्द पहराईलाई ८ हजार ३७ मतले पराजित गर्दै विजयी हुनुभएको हो । पन्थीको १७ हजार ६ सय १ मत आउदाँ पहराईलाई नौ हजार पाचँ सय ६४ मत प्राप्त भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend