logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीको प्रदेशसभा २ मा एमालेका खड्ग केसी विजयी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्रेम सुनार, गुल्मी मङ्सिर २३।
प्रतिनिधी सभा २ गुल्मी प्रदेश सभा निर्वाचन १ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन । वाम गठबन्धनका प्रदेश सभा उम्मेदवार एमालेका खडग केसी विजयी भएका हुन ।
उनले नेपाली काग्रेसका उम्मेदवार शालिक पन्थीलाई ४ हजार ४ सय ९२ को अन्तरले हराउदै विजयी भएका हुन । मुसिकोट नगरपालिका ,इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ६ वटा वडा मिलाएर बनाइएको प्रदेश सभामा ठुलो मत अन्तरले केसी विजयी भएका हुन ।

केसीले १६ हजार १ सय ६५ मत प्राप्त गरेका हुन भने उनका निकटम प्रतिद्धन्दी काग्रेसका शालिक पन्थीको ११ हजार ६ सय ७३ मत ल्याएका छन ।

२०१४ साल असार ३ गते गुल्मीको मुसिकोट जन्म भएका केसी पटक पटक आन्दोलनका क्रममा प्रहरीको हिरासत र जेल चलान भएका गुल्मीका पुराना वाम नेता हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend