logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा चन्द्र भण्डारीले मतान्तर घटाए


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क, गुल्मी मङ्सिर २३ ।
गुल्मीमा काँग्रेसका चन्द्र भण्डारीले बामगठबन्धन तर्फबाट उम्मेदवार रहेका प्रदिप ज्ञवाली सँगको मतान्तर घटाएका छन् । राति १ बजेको पछील्लो अपडेट अनुसार भण्डारीले ३०० भन्दा बढी मतको अन्तर कम गरेका हुन् ।

मध्यरात सम्मको नतिजा अनुसार ज्ञवालीले ५६१४ मत प्राप्त गरेका थिए भने भण्डारीले ४२७० मत पाएका थिए । त्यतीबेला उनिहरुले प्राप्त गरेको मतहरुको बिचको अन्तर १३४४ थियो जसमा ज्ञवाली अगाडि थिए ।

पछिल्लो अपडेट अनुसार भण्डारी र ज्ञवाली बिचको १०३२ मा झरेको छ । बामगठबन्धनको तर्फबाट ज्ञवालीले ५८४२ मतका साथ अग्रता कायमै राखेका छन् भने नेपाली कांग्रेसका भण्डारीले ४८१० मत ल्याउँदै ज्ञवाली सँगको मतान्तर कम गरेका हुन् ।

निर्वाचन अगावै अत्यन्तै प्रतिस्पर्धात्मक हुने अनुमान ज्ञवाली र भण्डारी बिचको चुनावी भिडन्तलाई महत्वपूर्ण रुपमा हेरिएको थियो ।

उता क्षेत्र नं २ मा पनि बामगठबन्धन कै तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका सचिब गोकर्ण बिष्टले आफ्नो अग्रता कायमै राखेका छन् । बिष्टलाई नेपाली कांग्रेसका चन्द्र के.सीले पच्छ्याई रहेका छ्न् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend