साझा नेटवर्क
काठमाडौं, मंसिर २३ ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार बामगठबन्धनले अधिकांश स्थानमा अग्रता लिएको छ। साथै प्रतिनिधसभा तर्फ १० स्थानमा विजयी भइसकेको छ।
प्रदेशशभामा २५ स्थानमा विजयी भइसकेको यता प्रतिनिधि सभामा अहिलेसम्म कुनै पनि स्थानमा जीत हात पार्न नसकेको कांग्रेस प्रदेश सभातर्फ ३ स्थानमा मात्र विजयी भएको छ । हेभिवेट मानिएका कांग्रेस नेताहरु नै बाम गठबन्धनका उम्मेदवारसँग पछि परेका छन्।
रामचन्द्र पौडेल
तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका रामचन्द्र पौडेल बामगठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पछि परिरहेका छन्। पौडेललले ४३१५ मत ल्याउँदा श्रेष्ठले ५६०६ मत ल्याइसकेका छन् ।
प्रकाशशरण महत
कांग्रेस नेता प्रकाश शरण महत वाम गठबन्धनका एमाले उम्मेद्वार ईश्वर पोखरेलसाग झन्डै दोब्बर मतले पछि परेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिएका महतले पछिल्लो मतपरिणामअनुसार १५३९ मत ल्याउँदा पोखरेलले ३०३९ मत ल्याएका छन्।
कृष्ण सिटौला
झापा क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिएका कांग्रेस नेता कृष्ण सिटौला पछि परेका छन्। वाम गठबन्धनको समेत समर्थनमा परेका राप्रपा नेता राजेन्द्र लिङ्देनले ४६४७ मत ल्याउँदा सिटौला १ हजार मतले पछि पर्दै ३६६७ मत ल्याएका छन्।
राम शरण महत
अर्का हेविवेट उम्मेद्वार रामशरण महत नुवाकोटमा पछि परेका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार महतले ७४४९ मत ल्याउँदा वाम गठबन्धनका माओवादी उम्मेद्वार हितबहादुर तामाङ९१३५ मत ल्याएर अगाडि छन्।
अर्जुन नरसिंह केसी
नुवाकोट क्षेत्र नम्बर २ बाट कांग्रेस उम्मेद्वार अर्जुन नरसिंह केसी झन्डै ३ हजार मतले पछि परेका छन्। पछिल्लो विवरण अनुसार केसीले ६६३० मत ल्याउँदा वाम गठबन्धनका एमाले उम्मेद्वार नारायण खतिवडाले ९७८२ मत ल्याएका छन्।
मोहन बस्नेत
सिन्धुपाल्चोक १ बाट उम्मेद्वार भएका वर्तमान सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेत वाम गठबन्धनका उम्मेद्वार अग्नी सापकोटासँग धेरै पछि परेका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार सापकोटाले २६७१० मत ल्याएका छन् भने बस्नेतले २० हजार मत ल्याएका छन्।
मिनेन्द्र रिजाल
मोरङ क्षेत्र नम्बर २ बाट उम्मेद्वार भएका मिनेन्द्र रिजाल वाम गठबन्धनका ऋषिकेश पोखरेलसँग पछि परेका छन्। प्रारम्भिक मतगणनाअनुसार रिजालले ८७३३ मत ल्याएका छन् भने पोखरेलले ९४५५ मत ल्याएका छन्।
शेखर कोइराला
मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेद्वार भएका कांग्रेस नेता शेखर कोइराला पछि परेका छन्। उनलाई वाम गठबन्धनका लालबाबु पण्डितले झन्डै २ हजार मतले पछि छोडेका छन्। शेखरले २१ हजार ५ सय ६ मत ल्याउँदा लालबाबुले २३ हजार ५ सय ७ मत ल्याएका छन्।
महेश आचार्य
कांग्रेस नेता महेश आचार्य मोरङ ४ मा वा गठबन्धनका उम्मेद्वारसँग पछि परेका छन्। वाम गठबन्धनका लागि माओवादी उम्मेद्वार अमनलाल मोदीले १० हजार २ सय ४२ मत ल्याउँदा आचार्यले ७८६७ मत मात्र ल्याएका छन्।
विमलेन्द्र निधि
धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेद्वार विमलेन्द्र निधि पछि परेका छन्। निधिले ६२४१ मत ल्याउँदा राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले ८२०३ मत ल्याएका छन्।
उदयशमशेर राणा
ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेद्वार भएका उदयशमशेर जबरा पछि परेका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनमा एमाले उम्मेद्वार नवराज सिलवालले ६७०७ मत ल्याउँदा जबराले ५७१२ मत मात्र ल्याएका छन्।
विश्वप्रकाश शर्मा
झापा १ मा ७६७७ मत ल्याएका विश्वकप्रकाश शर्मा बामगठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्की (८१४७) मतसँग पछि परेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend