साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर २२ ।
गुल्मीमा प्रतिनिधी तथा प्रदेश सभाको मतपरिणाम सार्वजनिक हुन थालेको छ । प्रारम्भिक नतिजाअनुसार गुल्मीमा बाम गठबन्धन अगाडी देखिएको छ । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट एमालेका प्रदिप ज्ञवालीले ६६४ प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काङ्ग्रेसका चन्द्र भण्डारीले ५५४ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन् । त्यस्तै ७ मत अन्य पार्टी र १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि बाम गठबन्धनको तर्फबाट एमालेका गोकर्ण विष्टले ६१७ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका चन्द्र केसीले ४७१ मतका प्राप्त गरेका छन् । त्यस्तै मसालले ३ मत तथा ९६ मत बदर भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend