logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा मतगणना सुरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर २२ ।
हिजो मङ्सिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तरगत गुल्मीमा मतगणना सुरु भएको छ । दुई प्रतिनिधिसभाका लागि जिल्लामा दुई छुट्टाछुट्टै मतगणनास्थल कायम गरिएको छ ।

क्षेत्र नम्बर १ को लागि जिल्ला समन्वय समिति अगाडी रहेको जिल्ला प्राविधिक कार्यलयमा मतगणना भइरहेको छ । क्षेत्र नम्बर १ मा कालिगण्डगी गाउँपालिकाबाट मतगणना सुरु भएको हो ।

निर्वाचन क्षेत्र नम्बर २ को मत जिल्ला प्रशासन कार्यलयमा गणना भइरहेको छ । दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा सिसि क्यामराको जडान गरिएको छ । केहिबेर अघि सुरु भएको मतगणनामा एक/एक वटा वार्डको मत गनिनेछ ।

दिउसो १ बजेबाट मत गन्ने सहमति भएपनि केहि प्राविधिक समस्याका कारण २ : ४५ बाट मात्र सुरु गरिएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा गरी ६ जनाको लागि ९ राजनीतिक दलबाट ५२ जनाको उम्मेद्धारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend