साझा नेटवर्क
प्रेम सुनार, गुल्मी मङ्सिर २२ ।
गुल्मी जिल्लामा आज दिउँसो १ वजे देखि मत गणना सुरु हुने सर्व दलिय निर्णय भएको छ । सवै स्थानबाट गए राती नै मत पेटिका सदरमुकाम तम्घासमा ल्याई सकिएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पाण्डेले जानकारी दिए ।
आज विहान वसेको सर्वदलिय बैठकले एक वजे देखि मत गणना सुरु गर्ने लगायतका निर्णयहरु भएको प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने–‘ निर्वाचन आयोगले तोकेको आचर संहितालाई दलहरु पुर्ण रुपले पालन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
यसपालीको निर्वाचन शान्तिपुर्ण , धाधली रहित र निष्पक्ष भएको सवै दलहरुले स्वीकार गरेका छन् । १ लाख ९६ हजार ३ सय ४२ कुल मत रहेको गुल्मीमा जिल्ला निर्वाचन कार्यालयले ७१ प्रतिशत मत खसेको दावि गरे पनि एकिन डाटा वाहिर आउन सकेको छैन ।
मत गणना स्थलको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ । पहिलो घेरामा म्यादी प्रहरी सहित नेपाल प्रहरी रहेको छ । दोश्रो र तेश्रो घेरामा शसस्त्र प्रहरी र नेपाली सेना जसले वाहिरी पट्रोलिङ्गमा समेत तिव्रता दिएको छ ।
यहाँका दुई जना व्यवसायीले सञ्चारकर्मीहरुलाई निर्वाचन अपडेट गर्न सञ्चारकर्मीहरुलाई सुविधा होस् भन्ने हेतुले मतगणना स्थलभरी फ्रि वाईफाई सेवा प्रदान गर्ने भएका छन् ।प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्वर १ को र क्षेत्र नम्वर २ को जिल्ला प्रशासन कार्यालयको सभाहलमा मत गणना हुँदै छ ।
त्यसको अगाडी तम्घासको लाकुरी मञ्चमा रहेको लक्ष्मण मोवाईल सेन्टरका सञ्चालक लक्ष्मण फुल्देलले र तम्घास नयाँ वजारको अनमोल कम्युटर सेन्टरका श्याम क्षेत्रीले आज उच्च क्षमता रहेको फ्रि वाईफाई सेवा प्रदान गर्ने भएका हुन् ।
दुवै मत गणना स्थलमा सवै सञ्चारकर्मी एकै साथ अपडेट गर्ने गरी संयुक्त न्युज डेक्स स्थापना गर्ने भएका छन् । जिल्लाको सदरमुकाममा मात्रै एक दर्जन बढि क्रियाशिल पत्रकारहरु रहेका छन् ।
दिनहुृँको चुनावी सभा र घर दैलोको उकाली ओरालीले लखतरान भएर आज विहान सदरमुकाम आई पुगेको उमेदवार र नेता कार्यकर्ताहरु विगतको तुलानामा चिन्नै नसक्ने गरी दुव्लाएर निन्यारो देखिए ।
भुमिगत राजनैतिक जिवनमा जस्ता दारी कपाल नगरेर झुसे झाँग्रे र धुलै फुर्सैै देखिएका सवै उमेदवार र र नेताहरु विहान सर्व दलिय बैठक बाट निस्कीदै र दारी कपाल मुसार्दै भन्दै थिए–‘ लौ है लागिया् दारी कपाल गर्ने र नुहाई धुहाई गर्न ।
रातो पिराउँदै चेहरा लिएर चुनावी मैदानमा हिडेका एमाले नेता तथा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदावर होस वा उनका प्रतिस्पर्धी कांग्रेस नेता चन्द्र भण्डारी । यता क्षेत्र नम्वर २ का पतिनिधी सभा उमेदवार एमाले नेता गोकर्ण विष्ट होस वा उनका प्रतिस्पधी कांग्रेस नेता चन्द केसी दुव्लाएर निन्याउरो देखिए ।
उता चारै प्रदेशका उमेदवारहरुको शाररिक अवस्था पनि उस्तै छ । चुनावी प्रचारका क्रममा मञ्चबाट एकले अर्कोलाई घोच पेच र गाली गलौज गरे पनि आज विहान प्रतिस्पधी उमेदावारहरु विच शौहार्द पुर्ण भेट घाट भयो ।
लाकुरी मञ्चको उत्तर तर्फबाट मुख्य निर्वाचन कार्यालय तर्फ जाँदै गरेका क्षेत्र नम्वर १ को प्रदेश १ का कांग्रेस उमेदावर पृथबहादुर फौदारलाई अरु संग गफ गर्दै गरेको वाम गठबन्धनबाट प्रतिस्पधी उमेदावर सुदर्शन बरालले फौदारलाई हेलो गुट मर्निङ्ग भन्दै र हात अगाडी बढाउँदै गुड गरे ।
दुवै मुस्कुराएर सञ्चो विसन्चो आदन प्रदान गरे । अरु उमेदवारहरु विच पनि चुनावी लडाईको इख पेच नभई त्यस्तै भावनात्मक सम्वन्ध प्रकट गरेको देखिन्थ्यो । एक देखि अर्को दलका कार्यकर्ता विच पनि आज विहान निकै शौहार्द पुर्ण भेट घाट देखियो ।
यसअघिको निर्वाचनमा इन्टरनेट कम क्षमताको हुँदा अपडेटमा समस्या भएको सञ्चारकर्मीले बताएपछि आफुले उक्त सेवा दिन लागेको क्षेत्री र फुल्देलले बताए । गुल्मीका सवै स्थानबाट गएराति नै मत पेटिकाहरु सदरमुकाममा ल्याई सकिएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले जानकारी दिए ।
हिजो विहान गुल्मीका तिन स्थानमा वम विष्टोट भएको भएको थियो भने राती मत सदरमुकाम ल्याउने क्रममा मालिका गाउँ पालिकाको देउराली भन्ने स्थानमा पनि मत वोकेका गाडीहरुलाई लक्षित गरी वम विष्फोट भएको थियो ।
एउटा गाडी अगाडी र अर्को पछाडी गुडी रहेको विचमा शक्तिशाली वम विष्फोट भए पनि कुनै पनि प्रकारको क्षति नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् । अहिले सर्व दलिय बैठक वसेर आचार संहिता बनउँदै गरेको र त्यस लगत्तै मत गणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत राम प्रसाद न्यौपानेले बताएका छन् ।
वम विष्फोटन विफल वावजुद पनि निर्वाचन विथोल्ने तत्वहरुलाई यहाँको सुरक्षा निकायले उनिहरुका हर प्रयासलाई निस्तेज पारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend