साझा नेटवर्क
हुमाकान्त पोखरेल
२२ मंसिर । दोस्रो चरणअन्तरगत मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गुल्मीमा ६५.५२ प्रतिशत मत खसेको छ । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा ७० हजार छ सय तथा निर्वाचन क्षेत्र नम्बर २ मा ५८ हजार ८९ मत खसेको जिल्ला निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए । अर्थात जिल्लाको क्षेत्र नम्बर १ मा ६७.०१ प्रतिशत र २ मा ५९.९० प्रतिशत मत खसेको छ । अधिकृत न्यौपनेले बताए ।
गुल्मीमा कुल १ लाख ९६ हजार ३ सय ४२ मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५ हजार ४ सय २५ र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । बिहिबार नेपालका प्रमख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पत्रकार सम्मेलन गरी गुल्मीमा सबैभन्दा धेरै ७१ प्रतिशत मत खसेको जानकारी दिएपनि त्यो गलत रहेको जिल्ला निर्वाचन अधिकृत न्यौपानेले बताए । अधिकृत न्यौपानेले बिहिबार खसेको मतबारे सबै मतपेटिका सदरमुकाम नआउञ्चेलसम्म आफूहरुले कसैलाई पनि जानकारी नदिएको समेत स्पष्ट पारे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend