logo
  • मंगलबार, असोज १३ २०८३

काठमाडौंको मतगणना भोलि मात्रै सुरु गरीने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं, म‌सिर २१ ।
काठमाडौंको मतगणना भोलि मात्रै हुने भएको छ । भोलि बिहान ६ बजे बस्ने सर्वदलीय बैठकले मतगणनाको समय तय गर्ने काठमाडौंका प्रमुख निर्वाचन अधिकृत रमेशराज पोखरेलले बताएका छन् ।

काठमाडौंका दस क्षेत्रको मतपेटिका जम्मा गर्नुपर्ने भएकोले समय लाग्छ, उनले भने, हामीले यसअघि नै तय गरेको तालिका अनुसार नै काम गर्छौं । काठमाडौंका सबै क्षेत्रको मतगणना गरिने स्थान तय भइसकेको उनले बताए । क्षेत्र नम्बर १,२ ,३ र ४ को राष्ट्रिय सभागृहमा मतगणना गरिने भएको छ।

क्षेत्र नम्बर ५ र ७ को सहकारी प्रशिक्षण बानेश्वर, क्षेत्र नम्बर ६ को जिल्ला समन्वयन समितिको कार्यालय बबरमहलमा हुने भएको छ । क्षेत्र नम्बर ८ को बन परिषदमा, क्षेत्र नम्बर ९ र १० को संसद भवन बानेश्वरमा मतगणना हुने भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend