साझा नेटवर्क
सन्तोष ढुंगाना / काठमाण्डौ, २१ मंसिर–
पहिलो चरणमा समाप्त भएको निर्वाचनको मतगणना आज साँझ ५ बजे बाट सुरुवात गरिने भएको छ । मंसिर १० गते समाप्त भएको पहिलो चरणकाे प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना अाजको दाेस्राे चरणकाे मतदान कार्यक्रम सम्पन्न हुने वित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना थालनी हुने भएको छ ।
आज मतदान समाप्त हुने वित्तिकै मंसिर १० गते समाप्त भएका विभिन्न ३२ वटा जिल्लामा भएकाे निर्वाचनको मतगणना सुरु हुने आयेगले जानकारी दिएको छ । साथै दाेस्राे चरणकाे निर्वाचनकाे सवै मतपेटिका संकलन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना कार्य शुचारु गर्न सम्बन्धित निर्वाचन अधिकृतहरुलार्इ निर्देशन दिने समेत अायाेगल जनकारी दिएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend