साझा नेटवर्क
साझा नेटवर्क ,काठमाडौं मंसिर २१ ।
शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताएका छन्। ललितपुरको जाउलाखेलस्थित एउटा मतदान केन्द्रको निरीक्षण गर्न पुगेका यादवले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै त्यस्तो बताएका हुन्।
यसैबीच, दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा आयोगका आयुक्तहरुले आ-आफ्नो क्षेत्रबाट बिहानै मतदान गरेको आयोगले जनाएको छ। आयोगका अनुसार बिहान ७ बजेदेखि ४५ वटा जिल्लामा मतदान भइरहेको छ। मतगणना मतदान ४५ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भइरहेका चुनावमा समानुपातिक र प्रत्यक्ष चुनाव प्रणाली अन्तर्गत १० हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।
बिहानैदेखि चुनावी चहलपहल दोस्रो चरणको मतदान शुरु
प्रतिनिधि सभाका १ सय २८ र प्रदेश सभाका २ सय ५६ निर्वाचन क्षेत्रमा भइरहेको चुनावमा १ करोड २२ लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेको आयोगले जनाएको छ। साँझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने आयोगले बताएको छ। आयोगका अनुसार मतदाताले मतदान केन्द्रमा मोबाइल, लाइटर तथा अन्य सामान लैजान रोक लगाइएको छ। बिहीवारको मतदान सम्पन्न हुना साथ पहिलो चरणको मतदान भएका ३२ जिल्लामा मतगणना शुरु हुने आयुक्त ईश्वरी पौड्यालले बताएका छन्।
उनका अनुसार थोरै मतदाता भएका क्षेत्रमा मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको प्रतिनिधि तथा प्रदेश सभाको नतिजा आउनेछ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend