logo
  • शनिबार, असोज १० २०८३

म राष्ट्रपति, प्रधानमन्त्री भएपनि ठीक, नभएपनि ठीक


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 साझा नेटवर्क , काठमाडौं  मसिर २१ ।
इलाम क्षेत्र नं. १ का उम्मेदवार पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।सूर्योदय नगरपालिका १० स्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट बिहान १० बजे मतदान गरेपछि उनले भने अब मुलुकको जटिल संक्रमणकाल समाप्त भएर समृद्धि तर्फ अघि बढेको पनि बताए ।

दुई निर्वाचनले संविधान कार्यान्वयनलाई बलियो बनाएको भन्दै उनले अब कानुनहरु बनाएर मुलुकलाई सही गतिमा तर्फ हिँडाउनु पर्ने बताए । उनले भने, ‘थुप्रै कानुन बनाएर संविधानलाई पूर्ण कार्यान्वयन गर्न बाँकी छ तर अब छिट्टै कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्छ ।’

खनालले आफूलाई पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी दिएपनि बहन गर्ने बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री बनाए पनि ठीक छ,राष्ट्रपति बनाए पनि ठीक छ, यी दुवै नभएपनि ठीक छ ।’

यसअघि खनाललाई तपाई राष्ट्रपतिको उम्मेद्वार हो ? भनेर आम जनताले प्रशन गर्दा सोध्ने गरेका थिए । उनले तपाईको मुखमा दूधभात जाओस् भन्ने उत्तर दिएर राष्ट्रपतिको स्वाभाविक चाहना अभिव्यक्त गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend