logo
  • आइतबार, असोज ११ २०८३

वामीटक्सारमा मतदान सुरु, ९६ वर्षिय मणिरत्न सापकोटाले पहिलो भोट खसालिन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल , गुल्मी  मंसिर  २१ ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सार स्थित महेन्द्र आदर्श मावि मतदान केन्द्रमा स्थानिय ९६ वर्षिय मणिरत्न सापकोटाले पहिलो मत खसाल्नु भएको छ।

सापकोटाले मत खसाले संगै मतदान प्रक्रिया शुरु भएको छ। ७ वजे नै मतदान सुरु हुने भनिएपनि विहानै परेको हल्का वर्षा तथा चिसोको कारण करिव साढे ७ वजे मतदान सुरु भएको थियो। स्थानिय तहको मतदानमा विहानै लामो लाईन देखिने गरेपनि यसपालि भने खासै लामो लाइन वस्नु परेको छैन। विहानी समयमा मौसम चिसो भएको कारण मतदाता छिटो नआएको हुन सक्ने अनुमान गरिएको छ।

विहानै हल्का पानी परेपनि अहिले मौसम सफा रहेको छ। सो केन्द्रमा २३ सय ६ जना मतदाता रहेका छन्। मतदान केन्द्र वरिपरि सुरक्षा व्यावस्था कडा वनाइएको छ। बागलुङ जिल्लाको सिमानामा रहेको मुसिकोट नगरपालिकाका विभिन्न नाका सिल गरिएको छ।
फोटोः एटेज गरिएको छ। (मतदान स्थलमा जे देखियो दृश्यमा देख्न सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend