logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीको वामी टक्सारमा निर्वाचनका लागि तयारी पुरा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ मङ्सिर २० ।
विहिवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सवै तयारी पुरा भएको छ। आज प्रत्येक मतदान केन्द्रमा मतदातको लागी मतदान स्थलहरुको निर्माण गरेको मतदान अधिकृतहरुले जानकारी दिनुभएको छ ।

यसैविच गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ महेन्द्र आदर्श माविमा २ हजार ३ सय ६ जना मतदाता रहेको र ति मध्ये मतदाता परिचय पत्र लान वाँकी ५ सय ९ मध्ये २ सय ५७ जनाले मात्रै मतदाता परिचय पत्र लिएको मतदान अधिकृत दोयन्द्र कुँवरले जानकारी दिनुभएको छ।

महेन्द्र आदर्श मावि मतदान स्थलमको केन्द्र क मा ७ सय ८४, केन्द्र ख मा ७८३ र केन्द्र ग मा ७३७ जना मतदाता रहेको अर्का मतदान अधिकृत घनश्याम ज्ञवालीले जानकारी दिनुभएको छ।

मतदातालाई सहज होस भनेर आवश्यक तयारी पुरा गरिएको तथा सुरक्षा लगाएतको सवै प्रवन्ध भएको र तयारी सकिएको अर्का मतदान अधिकृत बावुराम मरासिनिले वताउनु भएको छ।

भोली विहान ७ वजे देखि साँझ ५ वजेसम्म हुने मतदानमा मतदाता लिष्टमा नाम भए नागरिकता वा परिचय खुल्ने सरकारी कुनै पनि परिचय पत्रवाट मतदान गर्न पाईने निर्वाचन आयोगले जनाएको छ।

यस्तै मुसिकोट नगरपालिका सहित गुल्मी र आसपासका क्षेत्रमा निर्वाचनको सवै तयारी पुरा भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend