logo
  • शनिबार, असोज १० २०८३

नेपाल आइडल र होस्टहरु अभियानको साँस्कृतिक दूत


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जिलोङ/साझा नेटवर्क, अस्ट्रेलिया ।
अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र प्रमिला राई र नेपाल आइडल होस्ट सुशिल नेपाल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन ।

अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले नेपालबाट आएका सबै कलाकारहरु र मेलबर्न कार्यक्रमका आयोजक बिभुषण जोशीलाई खादा ओडाएर स्वागत गरेपस्चात पाँच जनालाई अभियानको सांस्कृतिक दूतको नियुक्तिको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

यस अघि अभियानले पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्ड, पूर्व मन्त्री एबं पूर्व राजदूत दीप कुमार उपाध्याय र पूर्व राजदूत कमल प्रशाद कोइरालालाई सम्मान, राष्ट्रिय स्तरका कलाकारहरु मनोज गजुरेल, प्रेमराजा महत, जीवन शर्मा, बद्री पंगेनी, प्रमोद खरेल, धिरज राई, कोमल ओली, मीना लामा, सुनिता दुलाल, सुस्मा अधिकारी, रेखा थापा आदिलाई सांस्कृतिक दूत र भिक्षु मगर, वरिष्ठ पत्रकार चेतन पन्त, हरी श्रेष्ठ र सरोज अर्याललाई अभियानको शान्ति दूतको रुपमा नियुक्त गरिसकेको छ् ।

त्यसै गरी निलेश अधिकारी पर्यटन, श्रीकुमार श्रेष्ठ शिक्षक, किशोर कुइंकेल स्काउट विद्यार्थी, अल्फा श्रेष्ठ पर्यावरण विद्यार्थी, सविता भट्ट कलेज स्टुडेन्ट दूत, आर्य पोखरेल विद्यार्थी दूत र सुनिता बस्नेत दूतको रुपमा नियुक्त भैसकेका छन । डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरलाई अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त गरिएको छ ।

त्यसै गरी मिस वोर्ल्ड अस्ट्रेलिया न्यासनल फाइनालिस्ट राशी कपूर, मिस श्री लंका अस्ट्रेलियाका कार्यकारी साभ जैनुदिन, मिस श्री लंका अस्ट्रेलियाका २०१५ का मिस फोटोग्राफिक सारा लियान्जे, अस-लंका बिजिनेस काउन्सिलका अध्यक्ष एबं मिस श्रीलंका अस्ट्रेलियाका कार्यकारी निर्देशक डिल्की पेरेरा, ब्राड क्लार्क, ग्राएम केण्टलाई फ्रेण्ड्स अपह नेपालको रुपमा नियुक्त गरिसकेको छ ।

अभियानले फरक फरक कार्यक्रमका बीच कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई विस्व संयोजक श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भयो । कलाकारहरुको सम्मानको लागि ब्लु माउण्टेन इण्डियन रेस्टुरेन्ट ओसनग्रोभको योगदान रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend