logo
  • आइतबार, असोज ११ २०८३

त्रिभुवन मावि खर्वाङकी छात्राको ज्यान गएपछि विद्यालय नै शोकमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ मङ्सिर २०।
त्रिभुवन मावि खर्वाङमा कक्षा ९ मा अध्ययनरत छात्रा निरु पुनको ज्यान गएको छ। मंसिर १२ गते सम्म विद्यालयमा हाजिर भएकि पुन विरामी भएपछि विद्यालय गएकि थिइनन्।कडा ज्वरो आएपछि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकी १५ वर्षिय पुनको गय राति निधन भएको हो। जण्डीस र टाइफाईड विग्रियको कारण फोक्सोमा असर पर्दा ज्यान गएको पारिवारिक श्रोतले जानकारी दिएको छ। बडिगाड गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष खड्क पुनकी भतिजि रहेकी पुनको आजै हिन्दु परम्परा अनुसार दरम र वडिगाडको दोभानमा दाहसंस्कार गरिएको छ। पुनको निधनले स्तब्ध भएको भन्दै त्रिभुवन मावि खर्वाङले २१ गते विहिवार शोकको घोषणा गरेको छ।

प्राचार्य ढालमणि भण्डारी तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु भुसालले शोकको घडिमा धैर्य रहन परिवारलाई आग्रह गर्दै दिवाङ्गत आत्मको चिरशान्तिको कामना गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend