साझा नेटवर्क
कमल पौडेल, बागलुङ मङ्सिर २०।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्य तथा रेडियो सारथीका वडागाउँ सम्बाददाता बसन्त अधिकारीको मोटरसाईकलमा गएराति तोडफोड भएको छ। आफ्नै घरको आँगनमा रहेको लु १९ प ६०७४ नंम्वरको टु ट्वान्टी पल्सर मोटरसाईकललाई रातको समयमा घर भन्दा केहि तल लगेर तोडफोड गरेको अवस्थामा विहान भेट्टाएको अधिकारीले जानकारी दिनु भएको छ ।
अधिकारीले भन्नुभयो “साँझ बागलुङवाट आएको थिएँ, बाइक आँगनमा राखेर सुतेँ, विहान हेर्दा वाइक देखिएन, नजीकका साथीलाई खवर गरि खोज्दा केहि तल क्षतिग्रस्त स्थानमा भेटियो।” घटना पछि प्रहरीले मुचुल्का उठाएको छ, र दोषिको खोजी भैरहेको तर पहिचान नभएको प्रहरीले जनाएको छ।
यसै विच घटनाको रेडियो सारथीको समचार शाखाले खेद व्यक्त गरेको छ। समचार प्रमुख कमल पौडेलको विज्ञप्तीमा भनिएको छ, “हिंसा र तोडफोडले कलम तर्साउन नसक्ने भन्दै सो घटनाको घोर भ्रत्सर्ना गर्दर्छौं । त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मी शाखाले पनि आज एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गर्दै दोषि माथी कार्वाहि गर्न माग गरेको छ।
शाखाका सचिव टोपलाल अर्याल द्धारा जारी विज्ञप्तीमा घटनाले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको रिपोर्टिङमा रहेका पत्रकारको मनोवलमा समेत चोट पुगेको वताइएको छ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend