प्यारो साथी आशिष मिठो सम्झना !
म यता आराम छु तेता तिमी लगायत सम्पुर्ण घर परिवार पनि आरमै हुनुहुन्छ होला भनी उहि पशुपतिनाथ सङ्ग बिहान बेलुका प्रथाना गर्दछु । 
मैले कता कता सुन्दै छु तिमि पनि जन्म भुमि छोडेर खाडी मुलुकको पलायनमा छौ रे, खाडी को भिसा अप्लाई गर्न को लागी पासपोर्ट बनाउन लागेका छौ रे। साथी तिमिले सोचे जस्तो र सुने जस्तो छैन खाडी जुन हामिले गाउँमा गोठालो जादा कुरा गर्दथौ र सोच्दथौ । साथी नेपालमा एजेन्ट र दलालहरुको कुराले हरियो सुन्तला र केरालाई पकाएर पहेलो बनाउने काम र कुरा सिरीप नेपालको एयरपोर्ट सम्मको लागी मात्र रहेछ ।
जव हामी एर्पोटबाट खाडी पलायन भइसकेपछि यहाँ अर्को खालको परिस्थिति उत्पन्न हुदो रहेछ। जो हामीले नेपालमा सोच बनाए भन्दा फरक । तिम्रो जस्तै सपना मैले पनि बुनेर सपनाको संसारमा पौडी खेल्दै खाडी पलायन भएको थिए र मैले खाडी गएर राम्रो पैसा कमाएर स्वदेशमा केहि गर्नु पर्छ भन्नेसोच्ने गर्दथे । हामी गाउँमा हुदा भन्ने गर्थौ नि हरि काकाको छोराले विदेशबाट आउदा हातमा सुनको औठी बनाएर ल्याए छ, सुन्तली काकीको छोरीले खाडीबाट फर्किदा हिराको हार ल्याईछ्न, पारी घरे जिबन दादाले भाईको लागि आईफोन मोबाइल फोन ल्याएछन ।
अब हामी पनि खाडि जानु पर्छ टन्न पैसा कमाउनु पर्छ त्यस्तै समानहरु किन्नु पर्छ भनेर भन्थौ, त्यो साचो रहेनछ केवल हामी भ्रममा रहेछौ । त्यति सजिलै सुनको औठी र हिराको हार महङ्गो महङ्गो मोबाइल आउदैन रहेछ यहाँ । ४५/५० डिग्रीको सुर्यको तातो हावा सङग हाम्रो शरीरको रगत र पसीनालाई लुकामारी खेलाउदै कहिले सुत्ने र कहिले खानको ठेगान हुदैन ।
हामी नेपालीको बानी घरमा अलिकति टाउको दुख्दा पनि आमाले तोरीको तेल तताएर टाउकोमा मालिस गरि दिनु हुन्थ्यो तर पनि हामी विदेशको सपना बुनेरै विदेश पलायन हुन खोज्छौ । त्यस्तो छैन रहेछ साथी विदेश जहाँ उठ्न नसकिने खालको बिरामी हुदा पनि डिउटी जानै पर्दो रहेछ, यदि डिउटी नजाने हो भने त्यो दिन भोक भोकै मर्नुपर्ने बाध्यता रहेछ । एक छाक खान नखाएर त केहि हुदैन तर भोलिपल्ट मालिकले गाली त गर्छ गर्छ नै त्यति मात्र नभएर महिना भरी गरेको परिश्रमको फल लिन जादा बिमारी भएर कोठामा सुतेको भनेर दुइ दिनको पैसा काटेर आउछ ।
न यहाँ कुनै काम अनुसारको दाम मिल्छ न कुनै योग्यता अनुसारको काम, अहिले मैले सोच्ने गर्दछु त्यती धेरै पैसा दलाल, एजेन्ट र मेनपावरलाई नदिएर आफ्नै ठाउमा केहि गरेको भए म पनि आज मेरो सपनाको रथ यात्रामा पुग्थे होला। साथी मेरो कुरालाइ मान्छौ भने म फेरी पनि भन्दै छु त्यती धेरै पैसा अरुलाई दिएरआफै नबेचियौ बरु त्यो पैसाले गाउँमा केहि गर नेपाल मै केहि गर त्यो गाउँमा बसेर आमाले पकाएको गुन्द्रुक र ढिडो खाएर कमाएको केहि रुपैया र यहाँ अरुको सासनमा भोक भोकै रहेर कमाएको ५०० रियाल बराबरी हुदो रहेछ ।
त्यसैले अब गाउ मै केहि गर्नुपर्छ समाजको लागि केहि गर्नुपर्छ र जन्म भुमी प्रती केहि गर्नुपर्छ तिमि हामी जस्ता युवाहरु खाडी पलायन भयो भने हाम्रो देश कहिले विकसित हुन्छ अनि कस्ले बनाउछ गाउँ समाज अनि देश ।
आशिष एक पटक राम्रो सँग सोच्नु र निर्णय गर्नु, बाकी अर्को पत्रमा भेट गरौला ।
उहि तिम्रो बच्चा देखिको साथी
महेश कुमार कार्की
हाल : कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend