साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत रे.न.पा १२ मा रहेको रानीपोखरी निम्न माध्यामिक विद्यालयको सामाजिक परिक्षण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेहर सिंह टण्डनको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कोपिला न्यौपानेले विद्यालयको हाल सम्मको आय–व्यय विवरण प्रस्तुत गर्नुभयो, सामाजिक परिक्षण सुशासन अभियान गुल्मीका कोषाध्यक्ष महाशर्मा भण्डारीले गर्नु भएको थियो ।
अध्यक्ष श्यामकुमार पाण्डेयले एलाक आउटरिच कार्यक्रम बारे जानकारी दिनु भएको थियो त्यसैगरी उक्त कार्यक्रमको सहजीकरण सुशासन अभियान गुल्मीका सह–सचिव विनोद पाण्डेयले गर्नु भएको थियो ।
कार्यक्रममा, वडाध्यक्ष कुलबहादुर टण्डन, महिला सदस्य खिमा बस्नेत लगाएतका विभिन्न व्यक्ति र सुशासन अभियान गुल्मीबाट कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थित रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend