साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी आषाढ ३।
नेकपा एमाले वामी गाँउ कमीटीले आज वामीमा शोक सभा सम्पन्न भएको छ । पार्टीका सक्रिय सदस्य बिरन शाक्यका पुजनिय पिता देवि प्रसाद शाक्य को निधन भएको ५ औ दिनको अवसरमा आज कार्यक्रम गरिएको हो ।
पार्टीका गाबिस अध्यक्ष गोपिकृष्ण खरेलको अध्यक्षता रहेको कार्यक्रममा रामचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रकाश काफ्.लेको बिशेष आतिथ्यता रहेको थियो । भने उपाध्यक्ष हरि प्रसाद सापकोटा, सचिब हरिहर सापकोटा, सहसचिब राम बहादुर बोहोरा, सदस्य बिष्णु राना, सर्मिस्ता शाक्य लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी सचिवालय सदस्य नारायण सासकोटा चुरामणी सापकोटा, सगंठित सदस्य तिलाराम सापकोटा, बसन्त कार्की लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमम अग्निधर लोहनी, लगायतले शोक मन्तबय राख्नुभयो भने अध्यक्ष खरेलले शोक पत्र बाचन गर्नुभएको थियो । पार्टीले परिवारलाई आर्थिक सहयोग समेत गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend