साझा नेटवर्क
कमल पौडेल, बागलुङ मङ्सिर १३।
गल्कोट नगरपालिका वडा नं. ११ मा रहेको रिघा स्वास्थ्य चौकी व्यावस्थापन समितिको आज एक कार्यक्रमका विच पुर्नगठन गरिएको छ । नव गठित व्यावस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष समेत रहेको डम्वर वहादुर श्रीस, उपाध्यक्षमा रन वहादुर राना, सदस्य मन कुमारी नेपाली, क्यूमाया पुन, दामोदर शर्मा, सदस्य सचिव एच ए हरि थापा, तथा वडा सचिव कर्म प्रसाद गौतम रहनु भएको छ ।
त्यस्तै स्वास्थ्य चौकीको संरक्षकमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे रहनु भएको छ । कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणको लागी जग्गा खरिदको लागी ५ लाख नगद सहयोग गर्ने हंङकङ तथा वेलायतमा रहने दिपक काउचा, भिम वहादुर श्रीस र टेक वहादुर श्रीसलाई सम्मान गरिएको थियो। सम्मानित व्याक्तित्वको संयोजनमा सो रकम संकलन गरिएको थियो।
कार्यक्रममा गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचा, वेलायत वासी प्रतिनिधि दिपक काउचा, प्रगतिशिल भूपू सैनिक संधका अध्यक्ष भिम वहाुदर श्रीस, टेक वहादुर श्रीस टिका, वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्य, कृषि प्रसार अधिकृत विप्लब अधिकारी, जिल्ला समन्वय समितिका सदस्य रुपा विश्वकर्मा, निवर्तमान गाविस अध्यक्ष होम वहादुर श्रीस, उपाध्यक्ष गंगा भुजेल, रत्न लक्ष्मी माविका प्राचार्य दामोदर शर्मा, वडा सदस्य दल वहादुर वुढाथोकी, माओवादी केन्द्रका नर वहादुर घर्ति, युवा तथा खेलकुद विकास समितिको दान वहादुर श्रीस, समाजसेवी संकर प्रसाद पुन, महिला स्वास्थ्य स्वयं सेविका खगिकला खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम वडा अध्यक्ष डम्वर वहादुर श्रीसको अध्यक्षता, एच. ए. हरि वहादुर थापाको स्वागत मन्तव्य तथा अहेब डिल वहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend