logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा सफल महिला उद्यमी सम्मानित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर ९ ।
घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा दोस्रो उद्योग दिवस गुल्मीमा सम्पन्न भएको छ । महोत्सवको अवसरमा जिल्लाका ५ जना उत्कृष्ठ सिलाईकटाई तर्फका महिलाहरुलाई राष्ट्रिय महिला सफल उद्यमी पुरस्कारबाट सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेहरुमा आर्थिक बर्ष ०७३ मा बी.एम.सिलाई.कटाई इन्टिच्युटकी विष्णु बलाल, ०७२ मा शैलेस सिलाई कटाई तथा होजियारी उद्योगका श्यामकला बलामी, आव ०७१ मा रेसुङ्गा ढाका उद्योगका झुपा बगाले रहेका छन् ।

आव ०७० मा रेसुङ्गा फाइबर झोला तथा स्कृन पृन्टका अनिशा केसी तथा एकल सफल महिला सफल उद्यमी तर्फ तारा सिलाई कटाई उद्योगका तारा ज्ञवाली सम्मानित भएका छन् ।

कार्यक्रममा जिल्लास्थित विभिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधि, घरेलु तथा साना उद्योग विकास समितिका सम्पूर्ण कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend