साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मंसिर ६ ।
क्याम्पसको भौतिक सुधारको लागि पटक–पटक आग्रह गर्दा पनि क्याम्पस प्रशासनले ध्यान नदिएको भन्दै रेसुङ्गा बहुमुखि क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । क्याम्पसको लाईब्रेरीमा आवश्यक पुस्तक नभएकोले त्यसको ब्यवस्था गर्ने, जाडोमा तातो खानेपानीको ब्यवस्था लगायतका कुराहरु यसअघि नै स्ववियु र प्रशासनबिच सहमति भएको सभापति श्रीराम मतहतले बताए ।
तर क्याम्पसले आफूहरुलाई हल्का रुपमा लिएर सम्झौता कार्यन्वयन नगरेको विद्यार्थीहरुको आरोप छ । बुधबार स्वतन्त्र विद्यार्थी युनियनको बैठक नै बसी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसअनुसार मंसिर ७ गते बिहिबार क्याम्पस प्रमुखको कार्यकक्ष अगाडी धर्ना दिने, ८ गते क्याम्पसमा तालाबन्दि गर्ने, १० गते क्याम्पस प्रशासन घेराउ गर्ने र ११ गते क्याम्पसमा प्रदर्शन गर्ने निर्णय गरिएको स्ववियु सभापति महतले जानकारी दिए ।
लामो समयदेखि क्याम्पसमा पुस्तकालयको अभाव रहेपनि क्याम्पस प्रशासनले त्यसमा ध्यान दिएको थिएन् । बि.एड्. तेस्रो बर्षका विद्यार्थी दशरथ पाण्डे पनि आफूहरुले पुस्तकालयमा किताब नपाएको गुनासो गरे । बाहिर पुस्तकालयको सुविधा छ भनेर प्रचार गर्ने ? उनले भने, तर पुस्तकालयमा पुस्तक छैन ।
यहि समस्यालाई मध्यनजर गर्दै मंगलबार स्ववियुको टिमले स्थानिय एक स्टेशनरिबाट विभिन्न संकायका ५९ प्रति पुस्तक ल्याएका थिए । ति पुस्तकलाई पुस्तकालयमा दर्ता गर्नका लागि बुधबार क्याम्पसका विद्यार्थी नेताहरुले क्याम्पस प्रमुख हरी बहादुर खत्रीलाई भेटेका थिए । तर खत्रीले भने क्याम्पससँग समन्वय नै विद्यार्थीहरुले किताब ल्याई क्याम्पसमाथि आर्थिक हस्तक्षेप गर्न खोजेको भन्दै दर्ता गर्न नसकिने जवाफ दिएपनि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
स्ववियुले क्याम्पसको आर्थिक पाटोमाथि नै हस्तक्षेप गर्न खोज्यो । क्याम्पस प्रमुख खत्रीले भने – क्याम्पसभित्र गर्ने क्रियाकलापको बारेमा प्रशासनलाई जानकारी गराउनुर्छ । तर स्ववियु सचिव नविन अर्यालले भने क्याम्पस प्रमुखकै सल्लाहमा पुस्तक खरिद गरेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend