साझा नेटवर्क
प्रेम सुनार, गुल्मी कार्तिक ६ ।
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ तथा प्रदेश सभा ख अन्तर्गत चुनावी सभा आज दुवीचौरमा सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र भण्डारीको प्रमुख आतिथ्यता तथा प्रदेश सभाका उम्मेदवार धनेन्द्र कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी भण्डारीले यस क्षेत्रमा थुप्रै विकासका योजनाहरु पारेको हुँदा ति योजनाहरुलाई पूर्ण सम्पन्न पार्नका लागी जसरी पनि नेपाली काँग्रेसले चुनाव जित्नुको विकल्प नरहेको दावी गर्नूभयो ।
त्यस्तै विशेष अतिथी प्रदेस सभाका उम्मेदवार धनेन्द्र कार्कीले आफ्नो प्रदेसको विकासको मुहार फेर्ने सपनलाई साकार पार्नका लागी उम्मेदवारी दिएको र चुनावी मैदानमा होमिएको समेत बताउनुभयो । साथै उहाले भन्नुभयो–‘मैले चुनाव जितेपछि म जनताको सेवा वाहेक अन्य कुनै पनि कार्यलाइ महत्व दिने छैन ।’ यस प्रदेशका सर्वसाधारणको मुहारमा उज्यालो छर्ने हिम्मतका साथ हुमिएको छु जनताको सेवा गर्ने मेरो सपनालाई साकार पार्नकालागी नेपाली काँग्रेस विजय हुनु जरुरी छ ।
उहाँले नेपालका वामपन्थीहरु कांग्रेसको पुच्छर समाएर लोकतन्त्रको वैतर्नी तरेको भन्दै व्याङ्ग गर्नु भयो । थप्नु भयो–‘अधिनायकबादी सक्तीहरु काँग्रेसको पुछर समाएर लोकतन्त्रको बैर्तनी तर्दै फेरि त्यहि लोकतन्त्रबाट आएको संबिधान माथि लात हानेर जनताको रगतको भेल बाट निर्मित सविंधान लाई धरापमा राख्न थालेका कारण यस्ता अधिनायकबादी सक्तिलाई परास्त पार्न नसके नेपाली जनताका लागी इतिहासमै यो समय कालो दिनका रुपामा सावित हुने समेत विचार ब्यक्त गर्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend