logo
  • आइतबार, असोज ११ २०८३

थला परेका रानालाई अमेरिकाबाट सहयोग 


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार, गुल्मी मंसिर ६। 
भारतमा दुर्घटनामा परी मेरु दण्ड गुमाएर गत ८ वर्ष अघि देखि घरमा आई थला परेका गुल्मीको तुराङका मनबहादुर रानालाई अमेरिकाबाट सहयोग पठाईएको छ ।
 चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ , साविकको तराङ गाविसको कुमाल गाउँका ३० वर्षिय रानालाई रेसुङ्गा नगरपालिका १ तम्घास भिमचोक निवासी एकमाया उपाध्यायका छोरा धर्मराज उपाध्यायले अमेरिकाबाट ३० हजार सहयोग रकम पठाएका हुन् ।
उनले उपल्लो तम्घासका भतिजा सुवास मरासीनी मार्फत उक्त रकम पठाएका थिए । मरासनी सहित उनिहरुको घरमा पुगी गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको रोहवरमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
मेरुदण्ड गुमाएका रानाको पछाडी पट्टि शरिर कुहिदै गएको छ ।  विस्तरामा कस्टकर जिवन  विताए पनि उनले विस्तारा मै जाल बुनेर श्रीमति र छोरा छोरीलाई खर्च जुटाउँदै आएका  छन् ।  ओझेलका खवरमा उनको विचल्लीको कथा प्रशारण भए पछि अन्य थुप्रै व्यक्तिहरुले पनि सहयोग गर्दै आएका छन् ।
तम्घासका उपाध्यायले अमेरिकामा बसेर कमाएको कहि हिस्सा समाज सेवामा खर्चिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend