साझा नेटवर्क
शँकर भुसाल, गुल्मी मङ्सिर ४ ।
“बाल मैत्रि शासन बालअधिकारको सम्मान” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय बाल दिवस सोमबार गुल्मीको रेनपामा बिबिध कार्यक्रम सँगै मनाईएको छ । जिल्ला बाल कल्याण समिति गुल्मी, सिर्जनसिल बिकास केन्द्र गुल्मी र महिला तथा बालबालिका कार्यालय गुल्मीको आयोजनामा तम्घासको बालमन्दिरमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको अध्यक्षता, जिल्ला समन्व्य समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता र नगर प्रमुख डिल्लीराज भुसालको बिशेष आतिथ्यता रहेको थियो ।
यसरी दिवसमा कार्यक्रम गरि मनाईरहन भन्दा सडकमा रहेका हरेक बालबालिकाहरुका हक अधिकार का लागी उनिहरुलाई सँरक्षण र शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन छुट्टै बजेट छुट्टाउन उपस्थित सर्बसाधारण हरुले आग्रह गरेका थिए । यता जवाफ दिँदै नगर प्रमुख भुसालले भन्नुभयो ।
तपाईहरुले देख्नुभएका हरेक सडक बालबालिका तथा बिभिन्न होटलहरुमा काम गरीराखेका बालबालिकाको तथ्याङ्ग लिएर आउनुहोस हामी त्यही किसिमले बजेट छुट्टाउछौँ । यसैगरी आजको कार्यक्रममा बिभिन्न बिधालयका बिधार्थीहरुको व्यक्तित्व बिकासका लागी बिधालय स्तरिय निवन्ध प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।
प्रतियोगितामा प्रथम रेसुङ्गा मा बि का प्रकास भण्डारी द्धितिय सिद्धवावा मा बी का बिकास तामाङ्ग र तृतिय महेन्द्र मा बि का दिपक भण्डारी भएका थिए । कार्यक्रमको सञ्चालन भने महिला तथा बालबालिका कार्यालय गुल्मीकी सहायक महिला बिकास अधिकृत इन्दिरा थापाले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend