साझा नेटवर्क
शँकर भुसाल, गुल्मी मङ्सिर ३ ।
नेपाली काँग्रेस का युवा नेता तथा गुल्मी क्षेत्र न १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले नेपाली काँग्रेसले हार्यो भने गुल्मेली जनताहरु बिस्थापित हुने अवस्था आउने बताउनु भएको छ । नेपाली काँग्रेसको आईतबार रेसुङ्गा नगरपालीका वडा नँ ९ को चुनाबी प्रचार प्रसार अभियान का क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
बजेट पार्ने नेपाली काँग्रेसले र ठेक्का लिने एमालेले गर्दा उसले हामीले पारेका आयोजनामा काम गर्ने क्रममा ढिलासुस्ती गर्ने र काँग्रेसले बिकासका आश्वासन दिएर काम नगरेको भनि हल्ला फैलाउने गरेको पनि उहाँले बताउनुभएको थियो । आज को चुनाबि प्रचार प्रसारका क्रममा उल्लेख्य मात्रामा महिला उपस्थीत भएको प्रसँग निकाल्दै उहाँले अब आफुहरु चुनाब जित्नेमा ढुक्क बनेको बताउनु भयो ।
हरेक बिकासका काम काँग्रेसले गरेको भएपनि एमालेले हामीले हो भन्नु निकै लज्जास्पद कुरा भएको पनि भण्डारीले बताउनुभएको छ । यहि प्रचार प्रसारकै क्रममा पहिला यति बिकास र जनताको भरिया बनेको नेता भैदिएको भए बेलायतमा प्रधानमन्त्री बन्थे भन्ने कुरालाई गलत अर्थ लगाएर खिल्ली उडाउने एमालेले बिकास लागी लिएका बजेट पनि बेचेको उहाँले आरोप लगाउनुभयो ।
रेसुङ्गा जानका लागी नेपाली काँग्रसले लगाएको १८ करोडको बाटो रेनपा प्रमुख डिल्लीराज भुसालले ठेक्का लिएका बिषयमा बोल्दै भण्डारीले त्यो पनि बेचेको आरोप लगाउनु भएको छ । कुनै दिन नगर प्रमुख डिल्लीराज भुसाल ले तम्घास नै बेच्न सक्ने उहाँले आरोप लगाउनुभएको छ ।
सोहि साभामा बोल्दै गुल्मी जिल्ला क्षेत्र नँ १ का प्रदेश ख का प्रदेश सभाका उम्मेदवार धर्मेन्द्र कार्कीले नेपाल लाई हिन्दु राष्ट्र बनाएरै छाड्ने बताउनु भएको छ । गुल्मी जिल्ला को बिकासका लागी आफु जस्ता जनताका भरीया नेता कसैले खोजेर नपाउने पनि दाबि गर्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend