logo
  • शुक्रबार, असोज ९ २०८३

पौडेललाई लक्षित गर्दै बम प्रहार गाडीमा सामान्य क्षति


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं मंसिर २ ।
नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु नगरपालिकामा प्रेसर कुकर बम प्रहार भएको छ।नेता पौडेल तनहुँको कालिमाटीबाट मानेचौका जाँदै गर्दा पौडेललाई लक्षित गरी भानु नगरपालिका वडा नं. १० स्थित नेपाल डाँडा नजिक प्रेसर कुकर बम प्रहार भएको थियो । घटनामा एक जना सुरक्षाकर्मी घाइते हुनेका साथै पौडेल सवार गाडीको सिसा फुटेको छ।नेता पौडेल सुरक्षित छन् । विष्फोटले कुनै मानवीय क्षति भने भएको छैन।

प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यका अनुसार अहिले स्थिति सामान्य भइसकेको छ। विष्फोट लगत्तै प्रहरीले विष्फोटमा संलग्न समूहको खोजी सुरु गरेको छ। कांग्रेसले वरिष्ठ नेता पौडेलको हत्या गर्ने मनसायले आक्रमण भएको बताएको छ। ‘यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर भत्र्सना गर्छ’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आफूप्रति देखिएको जनलहरबाट अतालिएर नेताहरुलाई लक्षित गरी आक्रमण भएकोे बताएको छ । ‘जुनसुकै समूहले घटना घटाएको भएता पनि कांग्रेसका नेता, कार्यकर्ता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन्’ उसले भने ।

कांग्रेसले यस्ता आपराधिक घटनाहरु पुनः नदोहोर्‍याउन चेतावनी पनि दिएको छ । साथै घटनामा संलग्न व्यक्तिहरुलाई खोजी गरी कडा कारबाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्नसरकारसँग माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend